Jagaran Nepal शनिबार, कार्तिक २२, २०७७

विश्वका चर्चित धनीमध्ये पर्ने रिलायन्स इन्टस्ट्रिजका प्रमुख मुकेश अम्बानीको ८० हजार करोड रुपैयाँ बराबरको सम्पत्ति एकैछिनमा घटेर स्वाहा भएको छ ।यससँगै विश्वका शीर्ष धनीको सूचीमा ६ नम्बरमा रहेका अम्बानी घटेर ९ नम्बरमा पुगेका छन् ।

रिलायन्स इन्डस्ट्रिज लिमिटेड (आरआईएल) को नाफा पछिल्लो वर्षको तुलनामा १५% घटेको छ । जसले गर्दा कम्पनीको शेयरमा गिरावट आउँदै कम्पनीको कूल मूल्य घटेर सम्पत्तिको मूल्यांकनमा गिरावट आएको हो । शेयरको मूल्य घट्दा अम्बानीको सम्पत्तिको कूल मूल्य ८० हजार करोड घटेको जनाइएको छ ।फोर्ब्स रियल टाइम बिलिनेयर इन्डेक्सका अनुसार मुकेश अम्बानीको सम्पत्तिको कूल मूल्य ७१.५ अर्ब डलर रहेको छ ।

चुनाव जित्नका लागि यस्ता छन् बाइडन र ट्रम्पका विकल्प

अमेरिकाको राष्ट्रपति निर्वाचनको अन्तिम परिणाम आउन अझै केही समय कुर्नुपर्ने भएको छ । अहिलेसम्मको परिणाम अनुसार बाइडनले २६४ इलेक्टोरल भोट पाएका छन् र बहुमतबाट ६ भोट मात्र टाढा छन् । ट्रम्प भने २१४ भोटका साथ निकै पछि छन् ।तर एब्सेन्टी भोट (फरक मतदान केन्द्रमा भोट हालेको वा आफ्नो साटो अरूलाई मत हाल्न कानूनी अनुमति दिएको) को मतपत्र गन्नै बाँकी छ ।

अझै पनि नेभादा, नर्थ क्यारोलाइना, जर्जिया र पेन्सिल्भेनियाको अन्तिम परिणाम आउन बाँकी छ । ट्रम्पले बाँकी ५४ भोट ल्याउनका लागि पेन्सिल्भेनिया र बाँकी तीनैवटा राज्य जित्नुपर्नेछ ।

तर फिलाडेल्फिया र पिट्सबर्गमा डेमोक्रेटिक भोट शेयर मिलान गर्न बाँकी नै छ । यसको अर्थ हुन्छ, ट्रम्पले पेन्ल्भििेनियाका अन्य क्षेत्रमा हासिल गरेको साँघुरो अग्रता कायम राख्न मुश्किल छ ।

बाइडनका लागि चाहिँ जीतको बाटो सहज छ । पेन्सिल्भेनिया जिते भने उनलाई काफी हुन्छ । त्यहाँ २० इलेक्टोरल भोट छन् ।पेन्सिल्भेनियामा हारे भने पनि नेभादा जित्दा बाइडनले झिनो बहुमत पाउँछन् । जर्जिया वा नर्थ क्यारोलाइना जस्ता रिपब्लिकन पकडका राज्यमध्ये एकमा पनि बाइडन जिते भने अन्यत्र पनि उनैले जीत हासिल गर्ने कुरामा ढुक्क हुन सकिन्छ ।