Jagaran Nepal बुधबार, आश्विन २१, २०७७

क्लब फुटबल विश्राम भएर अहिले अन्तर्राष्ट्रिय ब्रेक सुरु भएको छ । करिब डेढ साताका लागि खेलाडीहरू अब आ–आफ्नो राष्ट्रिय टोलीको ड्युटीमा फर्किसकेका छन् । डेढ साताको अवधिमा केही टोलीले दुई र धेरैजसो टोलीले भने तीन खेल्नेछन् ।

अन्तर्राष्ट्रिय ब्रेकको पहिलो चरणमा केही रोमाञ्चक खेलहरू हुनेछन्, जहाँ विश्व फुटबलका शक्ति राष्ट्रदेखि फुटबलका सुपरस्टार खेलाडीहरू समावेश टोलीले आ–आफ्नो खेल खेल्नेछन् । इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो, स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी, फ्रेन्च क्लब पिएसजीका नेइमार, पिएसजीकै केलियन एमबाप्पे, इंग्लिस क्लब टोटनह्यामका ह्यारी केनसहितका खेलाडीहरू राष्ट्रिय टिममा फर्किएका छन्।

यस चरणमा दक्षिण अमेरिकी क्षेत्रका देशले आगामी फिफा विश्वकपका लागि छनौट खेल खेल्नेछन् । युरोपियन देशहरूले पहिलो चरणमा मैत्रीपूर्ण खेल खेलेर दोस्रो चरणमा भने युइएफए नेसन्स लिगका दुई खेल खेल्नेछन् । अफ्रिकन देशहरूले अफ्रिकन कप अफ् नेसन्सका लागि छनौट खेल खेल्नेछन् । पहिलो चरणमा हुने प्रमुख खेलहरू नेपाली समयमा :

पोर्चुगल भर्सेस स्पेन – मैत्रीपूर्ण – बिहीबार बिहान १२ः३० बजे

फ्रान्स भर्सेस युक्रेन – मैत्रीपूर्ण – बिहीबार बिहान १२ः५५ बजे

ब्राजिल भर्सेस बोलिभिया – विश्वकप छनौट – शनिबार बिहान ६ः१५ बजे

अर्जेन्टिना भर्सेस इक्वेडर – विश्वकप छनौट – शुक्रबार बिहान ५ः५५ बजे

जर्मनी भर्सेस टर्की – मैत्रीपूर्ण – बिहीबार बिहान १२ः३० बजे

बेल्जियम भर्सेस आइभरी कोस्ट – मैत्रीपूर्ण – शुक्रबार बिहान १२ः३० बजे

स्वीट्जरल्यान्ड भर्सेस क्रोएसिया – मैत्रीपूर्ण – बिहीबार बिहान १२ः३० बजे

इंग्ल्यान्ड भर्सेस वेल्स – मैत्रीपूर्ण – शुक्रबार बिहान १२ः४५ बजे

नेदरल्यान्ड्स भर्सेस मेक्सिको – मैत्रीपूर्ण – बिहीबार बिहान १२ः३० बजे

इटाली भर्सेस माल्डोभा – मैत्रीपूर्ण बिहीबार बिहान १२ः३० बजे

उरुग्वे भर्सेस चिली – विश्वकप छनौट – शुक्रबार बिहान ४ः३० बजे

पोल्यान्ड भर्सेस फिनल्यान्ड – मैत्रीपूर्ण – बिहीबार बिहान १२ः३० बजे