Jagaran Nepal बुधबार, आश्विन १४, २०७७

चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमी एक वर्षको अवधिमा नेपाली बजारमा स्थापित हुन सफल भएको छ। आकर्षक डिजाइन र मूल्यको महत्व दिने ब्रान्डका रुपमा रियलमीलाई चिनिन्छ। रियलमीका १३ हजारदेखि ३३ हजारसम्मका फोन नेपाली बजारमा पाइन्छ।

त्यसमध्ये यहाँ १३ हजारदेखि २० हजार मूल्यका फोनबारे चर्चा गरिएको छ।

यदि तपाईं २० हजारभन्दा कम मूल्यको स्मार्टफोनको खोजी गर्दै हुनुहुन्छ भने, रियलमी राम्रो विकल्प हुनसक्छ। यसले महंगा फोनमा समावेश हुने फिचर्स कम मूल्यका स्मार्टफोनमा दिएको छ।

रियलमी सि २

यो फोनमा ६.१ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसमा पछाडि १३ र २ मेगापिक्सेलको दुई वटा र अगाडि ५ मेगापिक्सेलको एउटा क्यामेरा राखिएको छ। जसको सहायताले प्रयोगकर्ताले उत्कृष्ट फोटो खिच्न सक्छन्।

फोनमा ४ हजार एमएएच ब्याट्री क्षमता छ। ‘रियलमी सि२’ ग्राहकले २ जिबी -१६ जिबी, २ जिबी-३२ र ३ जिबी-३२ जिबी क्षमतामा किन्न सक्ने छन्। यिनीहरूको मूल्य क्रमशः १२ हजार ९ सय ९०, १४ हजार ९ सय ९० र १५ हजार ९ सय ९० रूपैयाँ तोकिएको छ।

रियलमी सि ११

यो फोनमा ६.५२ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसमा पछाडि १३ र २ मेगापिक्सेलको दुई वटा र अगाडि ५ मेगापिक्सेलको एउटा क्यामेरा राखिएको छ।

जसको सहायताले प्रयोगकर्ताले उत्कृष्ट फोटो खिच्न सक्छन्। फोनमा ५ हजार एमएएच ब्याट्री क्षमता छ। यो फोनको २ जिबी-३२ जिबी क्षमता रहेको छ। ‘रियलमी सि११’ को मूल्य १४ हजार ९ सय ९० तोकिएको छ।

रियलमी सि ३

यसमा ग्राहकले ६.२ इन्चको डिस्प्ले पाउन सक्नेछन्। यसमा डुअल क्यामेराको सुविधा दिइएको छ। यसको मुख्य क्यामेरा १३ एमपी सेन्सर हो भने दोस्रो २ एमपी गहिराइ सेन्सर हो जसले प्रयोगकर्तालाई प्रोर्टेट शट लिन मद्दत गर्दछ।

सेल्फीको लागि ५ एमपी सेन्सर क्यामरा उपलब्ध छ। यसमा ५ हजार एमएएच क्षमताको ब्याट्री दिएको छ। यो फोन को मूल्य १९ हजार ९ सय ९० रूपैयाँ तोकिएको छ।

रियलमी ३

‘रियलमी ३’ ग्राहकले ६.२ इन्चको डिस्प्ले पाउन सक्नेछन्। यसमा डुअल क्यामेराको सुविधा दिइएको छ। यसको मुख्य क्यामेरा १३ एमपी सेन्सर हो भने दोस्रो २ एमपी गहिराइ सेन्सर हो जसले प्रयोगकर्तालाई प्रोर्टेट शट लिन मद्दत गर्दछ। सेल्फीको लागि १३ एमपी सेन्सर क्यामरा उपलब्ध छ।

यसमा ४ हजार २ सय ३० क्षमताको ब्याट्री दिएको छ। ग्राहकले ‘रियलमी ३’ ३ जिबी-३२ जिबी र ४ जिबी-६४ जिबी क्षमतामा किन्न पाउँने छन्। फोनको मूल्य क्रमशः १६ हजार ५ सय ९० र १९ हजार ९ सय ९० रूपैयाँ रहेको छ।

रियलमी सि२

२जिबी/१६जिबी

१२,९९०

रियलमी सि२

२जिबी/३२जिबी

१४,९९०

रियलमी सि२

३जिबी/३२जिबी

१५,९९०

रियलमी सि११

२जिबी/३२जिबी

१४,९९०

रियलमी सि३

३जिबी/३२जिबी

१६,९९०

रियलमी ३

३जिबी/३२जिबी

१६,५९०

रियलमी ३:४जिबी/६४जिबी

१९,९९०