Jagaran Nepal बुधबार, भाद्र १०, २०७७

काठमाडौं । नेपाली बजारमा बुधबारसुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रति तोला ९७ लाख २०० रुपैयँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार तोलामा ४०० रुपैयाँले घटेर प्रति तोला ९६ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यस्तै आज तेजावी सुन प्रति तोला ९६ हजार ३०० रुपैयाँ कायम भएको छ । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । बुधबार चाँदी प्रति तोला १ हजार ३१० रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।