Jagaran Nepal बुधबार, भाद्र १०, २०७७

नेपाली सुगम क्षेत्रकि प्रसिद्ध गायिका अन्जु पन्तले आवाज दिएको नया आधुनिक गीत’दोष कसको’बजारमा आएको छ।गीतमा अन्जु पन्तले आफुलाई भावनामा डुबाउने प्रयास गरेकी छिन भने त्यस्तै भाबुक शब्दले मन छुने प्रयास एकनारायण भण्डारीले गरेका छन।शम्भु कुँवरको प्रस्तुतिमा शुभराम्भ डिजिटलले बजारमा ल्याएको उक्त गीतमा बिनोद बाजुरालिले संगीत गरेका छन ।

गीतमा नेपाली लोक दोहोरीकी चर्चित गायिका अन्जली अधिकारी र बिमल अधिकारी संगै ओबी रायमाझी र रबिना भण्डारी रहेको छ। भिडियो निर्देशन भने बिनोद बाजुरालीको रहेको छ ।
भिडियाे

अन्य समाचार : मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव नै नगएको विषयमा निर्णय भयो भनेर सामाजिक सञ्चालमा व्यापाक चर्चा भयो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः चार वर्ष नियुक्त भएको हल्ला फैलियो । तर, घिसिङको म्याद भदौ २९ गतेसम्म भएकाले मंगलबारको बैठकमा प्रस्ताव नै पेश नभएको विभागीय मन्त्रीले नै खुलासा गरे ।

घिसिङ २०७३ को भदौमा चार वर्षका लागि कार्यकारी निर्देशकको रुपमा नियुक्त भएका हुन् । घिसिङले कुशल व्यवस्थापले देशमा दैनिक १८ घण्टासम्म भइरहेको लोडसेडिङ अन्त्य भएको थियो।

घिसिङ नियुक्त भएपछि विद्युत् चोरी नियन्त्रण, सेवामा सुधार, बक्यौला असुलीमा कडाई, प्राविधिक चुहावट कम, सबस्टेसनको स्तरोन्नतीका लागि अभियान नै चलाए।

कुलमान २०५१ सालमा सातौं तहको इन्जिनियरको रुपमा नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका हुन्। तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले उनलाई पहिलो पटक २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा नियुक्त गरेका हुन्।

त्यसअघि उनी चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा जिम्मेवारीबिहीन बनाएर तानिएका थिए। सोही मौकामा उनलाई मन्त्री शर्माले प्राधिकरणमा ल्याएका हुन्।

घिसिङलाई प्राधिकरणको प्रमुख नियुक्त गर्दा कर्मचारी संगठन आन्दोलिन भएका थिए। सँगै उनी भन्दा सिनियर लकडाउन सुरु भएयता विदेशी मुद्राको ढुकुटी चुलिन थालेको छ। विकास निर्माणका गतिविधि बन्द हुँदा आयात बढ्न नसकेको र विदेश जाने क्रम रोकिएका कारण विदेशी विनिमय सञ्चिति आकासिएको हो। नेपाल राष्ट्र बैंकले गत असार मसान्तमा मुलुकको विदेशी विनिमय सञ्चिति १४ खर्ब रुपैयाँ नाघेको बताएको छ। यो रकम ऐतिहासिक रूपमै धेरै हो। उक्त विदेशी विनिमयले १२ महिना २१ दिनको वस्तु र सेवा आयात धान्न सक्ने केन्द्रीय बैंकले बताएको छ।

यसअघि २०७२ मा भुकम्पपश्चात मुलुकको आयात खुम्चिने र विदेशी सहायता तथा रेमिट्यान्स बढ्दा झण्डै १५ महिनाको आयात धान्नसक्ने गरी सञ्चिति बढेको थियो। नेपाल राष्ट्र बैंकले दुई वर्षयता ७ महिनाको वस्तु र सेवा आयात थेग्ने गरी विदेशी विनिमयको जगेडा गर्ने नीति अघि सारेको छ। त्यसअघि ८ महिनालाई लक्ष्य गरिँदै आएको थियो।

निर्यातमुखी बलिया अर्थतन्त्रमा साधारणतया तीन महिना र आयातमुखी विकासोन्मुख अर्थतन्त्रमा ६ महिनाको वस्तु र सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चित हुनुलाई सबैभन्दा राम्रो मानिन्छ।