Jagaran Nepal मंगलबार, भाद्र ०९, २०७७

काठमाडौं -: नेपाल विद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गको पहिलो कार्यकाल यही भदौ २९ गते सकिँदैछ । २०७३ साद भदौ २९ गतेबाट विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति भएसंँगै देश १८ घण्टाको लोडसेडिङ्गट मुक्त भएर विद्युत निर्यात गर्ने अवस्थामा सम्म पुगेको छ ।

यहो अवधिमा थुप्रै जलविद्युत क्षेत्रमा लगानी गर्ने ,उत्पादन बढाउने र कतिपय योजनाहरु सम्पन्न भएका छन त कतिपय योजना उत्पादन दिने तयारीमा छन । त्यति मात्रै होइन उनको कार्याकाल अघि प्राधिकरणको ३४ अर्ब संचित घाटाबाट उकासिएर अहिले प्राधिकरण अर्बौ नाफा कमाउन सफल भएको छ ।घिसिङ्गकै नेतृत्वमा रहँदै आएको प्राधिकरणले आर्थिक वर्ष २०७३—७४ देखि नाफा गर्न सुरु गरेको हो। त्यसपछि क्रमशः नाफा वृद्धि गर्दै आएको छ। जसअनुसार आव २०७४—७५ मा दुई अर्ब ८५ करोड, आव २०७५—७६ मा नौ अर्ब ८१ करोड र आव ७०७६—७७ मा हालसम्मकै उच्च रु. ११ अर्ब पाँच करोड रुपियाँ नाफामा रहेको छ।

तपाईको चार बर्षे कार्यकाल यही भदौ २९ गते सकिदैछ कस्तो लागिरहेको छ ?

कुनैपनि संस्थामा एउटै व्यक्ति सधै रहने भन्ने हुदैन । संभव पनि हुदैन । यो नियमित प्रक्रिया हो । यसकारणपनि मलाई मेरो कार्यकाल सकिदैछ भन्नेमा चिन्ता छैन । तर अधुरा योजनाहरु पुरा कहिले होलान । नेपाल आत्मनिर्भर भएर विद्युत निर्यात गर्ने मुलुक कहिले बन्छ भन्ने चिन्ता छ ।यसमा मैले गरेका मेरो नेतृत्वबाट भएका कामहरुबाट आम जनता खुशी हुनुहुन्छ । सन्तुष्ट हुनुहुन्छ । मैले एउटा सिष्टम बसाएको छु र हाम्रो टीमबाट आज देश लोडसेडिङ्ग मुक्त भएको छ । अब फेरी जनताहरु लोडसेडिङ्गको चपेटामा नपरुन भन्ने मेरो अपेक्षा छ । तर मलाई अरु कार्यालय संस्थाहरुबाट जसरी उच्च अधिकारीहरुले अवकाश लिन्छन । त्यही अनुभव भईरहेको छ ।

आम जनताले तपाईको फेरी पुर्नवहाली चाहेका छन । यसमा तपाई के भन्नुहुन्छ ?

सधैभरी एउटै व्यक्ति एउटै पदमा रहन्छ भन्ने हुदैन । समय सकिएपछि अवकाश प्राप्त हुने नियमित प्रक्रिया नै हो । मेरो विकल्प हुदैन भन्नेपनि हुदैन । तर जुन हिसाबले मैले मेरो कार्याकालमा जति गर्न सक्षम भए । त्यसलाई सबै जनताले मेरो कार्यशैली मन पराइदिनुभयो । म प्रशंसाको पात्र भए ।

तर प्राधिकरणमा म जस्तै नेतृत्व क्षमता राख्नुहुने अन्य अधिकृतहरुपनि हुनुहुन्छ । जो आएपनि सिष्टम र व्यवस्थापनलाई फलो गर्ने हो । छोटो समयमा मैले चाहेका सबै काम पुरा हुन सकेनन भन्ने मलाई चिन्ता हो ।ममा अझपनि विद्युतको क्षेत्रमा काम गर्ने उर्जा अझै मरेको छैन । यदि सरकारले चाह्यो र आवश्यक पर्यो भने मैले सरकारले दिएको जिम्मेवारी पुरा गर्छु । मेरा अधुरा योजना सम्पन्न गर्नेछु र छिटैनै देशलाई प्रशस्त विद्युत निर्यातका ढोका खोल्नेछु भन्ने लागेको छ । आखिर मैले चाहेर मात्रै हुदैन भोलिका कुरा के हुन्छ हेरौं ।