Jagaran Nepal मंगलबार, भाद्र ०९, २०७७

काठमाडौ। ‘विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङलाई निरन्तरता’ यस्तै प्रकारका खबर मंगलबार सामाजिक संजाल फेसबुकमा अत्याधिक पोष्ट र शेयर भैरहेको छ । कुलमाननै प्राधिकरणको प्रमुख कार्यकारी बनाउन जनदवाव स्वरुप यस्तो ट्रेण्डिङ चलाइएको हो । तर कस्ले चलाएको हो त्यो खुलेको छैन ।

यस बिषयमा उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयमा बुझ्दा सरकारले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङलाई थप चार वर्षका लागि थप गर्ने बारे कुनै प्रस्ताव नगएको मन्त्रालयको उच्च स्रोतले बतायो । प्रस्ताव नगएको अबस्थामा प्रधानमन्त्रीले सिधै प्रस्ताव ल्याएर निर्णय हुन सक्छ तर त्यस्तो संभावना नदेखिने मन्त्रालयका अधिकारीले बताए ।त्यस्तै बालुवाटार स्रोतले पनि आजको क्याविनेटमा सो एजेण्डा नभएको बताए ।