Jagaran Nepal मंगलबार, भाद्र ०९, २०७७

विराटनगर : विराटनगर महानगरपालिका–३ मा भाडा बस्ने १९ वर्षीया युवतीमा दुई साताअघि कोरोना संक्रमण पुष्टि भयो। काठमाडौं घर भएकी उनी १४ वर्षीय भाइलाई साथमै राखेर उनी काठमाडौंमै बस्थिन् ।ब’न्धन सिमेन्टका मेनेजर रहेका बाबु भने आमासहित विराटनगरमा कोठा भाडा लिएर बस्थे। कोरोनाका कारण क्याम्पसको पढाइ ब’न्द भएपछि बाबु र आमा भएकै ठाउँमा विराटनगर आएकी युवतीलाई संक्रमण देखियो। पहिलो पटक परिवारभित्र युवतीका ठूलोबामा कोरोना देखिएको थियो।

विद्युत प्राधिकरणका प्राविधिक रहेका विराटनगर–३ का ५७ वर्षीय उनका ठूलोबाको भने साउन २८ गते विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारकै क्रममा मृ’त्यु भइसकेको छ। कोरोना संक्रमित ठूलोबाको सम्पर्कमा रहेका कारण ‘क’न्टयाक्ट ट्’रेसिङ’मा परेका उनीसहित परिवारका चारै जनाले स्वाबको परीक्षण गराए। पीसीआर परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आयो। बाबु, आमा र भाइको भने रिपोर्ट नेगेटिभ आयो। त्यसपछि आत्तिएका बाबुआमाले भाडा बसेको घरमा नराखिकन युवतीलाई बाहिरबाहिरै राख्दै आएका थिए।

तर उनलाई कोरोना संक्रमण भएकाले अन्यत्रै लगिएको कुरा चाल पाएका घरबेटी कृष्णकुमार सुवेदी र पत्नी राधा सुवेदीले युवतीलाई बाहिर नराख्न तथा बोलाएर आफ्नै घरको एउटा कोठामा राख्न आग्रह गरे। सुवेदी दम्पत्तिले संक्रमित युवतीलाई राख्नका लागि घरमै एउटा कोठा आइसोलेसनका लागि छुट्याइदिए। युवती १० दिनदेखि घरबेटीकै घरको एउटा कोठामा ‘होम आइसोलेसन’ छिन्। उनको दोस्रो पटक स्वाब परीक्षणको तयारी भइरहेको छ। ‘संक्रमण भएपछि मेरा घरमा बस्ने भाडावालले हामीसँग सल्लाह नगरिकन लुकाएर छोरीलाई अर्कै स्थानमा बस्न पठाउनु भएछ,’ सुवेदीले भने, ‘बाहिर बस्न दिन मनले नमानेपछि ल्याएर आफ्नै घरको एउटा कोठामा बस्ने व्यवस्था मिलाइदिएको हुँ।’

संक्रमित युवतीलाई घरभित्रै राखिए पनि आफूहरुलाई कुनै असहज नभएको बताए। सबै ठाउँमा ‘से’निटाइज’ गरेर घरलाई ‘डि’सइन्फेक्ट’ गरिसकिएको उनले जानकारी दिए। ‘आवश्यक मा’पदण्ड र प्रक्रिया पूरा गरेर ‘होम आइसोलेसन’मा राखिएको छ। स्वास्थ्य सम्बन्धी अपनाउनु पर्ने सबै स’चेतना अपनाइएको छ,’ सुवेदीले भने, ‘उनी घरको एउटा कोठामा बस्छिन्। परिवारका सदस्यलाई उनको सम्पर्कमा नजान भनेका छौं र हामी पनि घरमा अलग्गै बस्छौं।’ सुवेदी परिवारसहित दोस्रो तल्लामा बसेर भुइँ तलामा संक्रमितलाई राख्न छुट्टै कोठाको व्यवस्था गरिदिएका हुन्।

संक्रमित युवतीका परिवार साउन ११ गतेबाट सुवेदीको घरमा भाडामा बस्न थालेका हुन्। अहिले युवतीले प्रयोग गर्ने सरसामान, शौचालयदेखि लिएर बस्ने र खाने कोठा पनि अलग्गै छ। ‘कोरोना भएकालाई घरबेटीले र छरछिमेकीले दु’रव्यवहार गरेका अनेक घटना छन्,’ सुवेदीले भने, ‘यस्ता घ’टना एकदमै दुः’खद््, निन्दनिय र अ’मानवीय हुन्।’ संक्रमितलाई मानवीय व्यवहार गर्नुपर्छ भन्ने सोच सबैमा हुन आवश्यक रहेको उनले बताए। ‘मान्छेलाई सबैले सम्मान गर्न सिक्नु पर्छ। भोलि आफूलाई पर्दा पनि अरुले त्यस्तै व्यवहार गर्छन् भन्ने हेक्का सबैले राख्न जरुरी छ,’ उनले भने, ‘उनीहरुलाई घृ’णा, ति’रस्कार गर्नुहुँदैन।

समाजमा सम्मानित तवरबाट बाँच्न पाउने सबैको अधिकार सुरक्षित हुनुपर्छ।’ रो’गले धनी–गरिब नभन्ने भएकाले यस्तो बेला सबैले सहयोग नगरेमा मानवतानै हराएर जाने सुवेदीको भनाइ छ। ‘घरमै ‘होम आइसोलेसन’ मा राखिएकी संक्रमितको स्वास्थ्य अवस्थाका बारेमा नियमित बुझ्ने काम गरिरहेको छु,’ सुवेदी भन्छन्, ‘अरुमा नसरोस भनेरसबैले सतर्कता अपनाएका छौं।’ सुवेदी दम्पत्तिले समाजमा उदाहरणीय काम गरेको अधिकारकर्मी उमेश विश्वकर्माले बताए। ‘आइसोलेसन अभावमा घरमै बस्न बा’ध्य संक्रमितलाई धेरै स्थानमा दु’व्र्यवहार भएका छन्,’ उनले भने, ‘कसैले पनि दु’र्व्यवहार गनर्नु हुँदैन र संक्रमितलाई हौ’सला, प्रेरणा दिएर समाजमा स्थापित हुने वातावरण बनाउनु पर्छ।’

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता एवं मानसिक रो’ग विशेषज्ञ डा. निदेश सापकोटाले संक्रमितलाई हे’लाहिंसा गर्न नहुने बताए। ‘संक्रमितमाथिको दु’र्व्यवहार सं’कीर्ण मानसिकताको उपज हो,’ उनले भने, ‘मान्छेले भोलिका दिनमा आफूलाई पनि यस्तै व्यवहार गर्छन् होला भन्ने नसोचिकन ज’थाभावि गरेको देखिन्छ।’ डा. सापकोटाले निको भइसकेका संक्रमित भोलिका दिनमा आफ्ना लागि औ’षधि हुन् भन्ने कुरा सबैले बुझ्न जरुरी रहेको बताए। ‘निको भइसकेका संक्रमितबाट प्ला’ज्मा लिएर अहिले ग’म्भीर अवस्थाका संक्रमितलाई बचाउने काम भइरहेको छ,’ उनले भने।

भाडावाललाई आफ्नै घरमा ‘होम आइसोलेसन’को व्यवस्था गर्ने सुवेदी पूर्व शिक्षक हुन्। उनले शिक्षण पेशाबाट दुई वर्षअघि अवकाश पाएका थिए। उनी प्रधानाध्यापक रहँदा मोरङको कटहरी गाउँपालिकाको भौंडाहामा रहेको तत्कालिन लक्ष्मी निमावि जिल्लाकै उत्कृष्ट र नुमना बनाए। सामाजिक अ’भियान्ताको छवि बनाएका उनी कोरोना भाइरस संक्रमितमाथि भइरहेको दु’र्व्यवहारका घ’टनाको वि’रोध गर्दै आएका छन्। उनी कोरोना जि’तेर फर्किएकालाई सम्मान गर्नु पर्छ, घृ’णा, दु’र्व्यवहार गर्न हुँदैन, र ससम्मान समाजमा स्थापित गर्नुपर्छ भन्ने अभियान लिएर हिँडेका छन्।

सुवेदी कोरोना भाइरसको संक्रमणबाट ब’च्नलाई अपनाउनु पर्ने सावधानीका बारेमा पनि सबैलाई सचेत गराउँछन्। ‘सबै सुरक्षित रहँदै कोरोनालाई पराजित गर्नु पर्छ भन्ने अभियानमा छु,’ उनले भने, ‘संक्रमितलाई सम्मान गर्दै सजिलै कोरोनालाई जि’त्ने वातावरण बनाउनु पर्छ।’ संक्रमण भएकै कारण घरबेटीदेखि लिएर आफन्त, नातागोता, परिवार र छरछिमेकीबाट अनेक पी’डा सहनु पर्ने अवस्था आउनु दुःखद् भएको सुवेदीको भनाइ छ। अन्नपुर्ण पोस्ट