Jagaran Nepal मंगलबार, भाद्र ०९, २०७७

पुरातात्विक महत्वका क्षेत्रमा उत्खनन् गर्दा केयौं पटक धेरै महत्वपूर्ण वस्तुहरु फेला पर्छन् । इजराइलमा पनि पुरातत्वविद्हरुको टोलीलाई यस्तै महत्वपूर्ण वस्तु फेला परेका छन् ।

इजराइलमा उत्खनन्‌का क्रममा करिब ११ सय वर्ष पुराना सिक्काहरु फेला परेका छन् । पुरातत्वविदहरुको टोलीले सोमबार घोषणा गरेका छन् कि, यवने शहर नजिक संरक्षित सम्पदा क्षेत्रमा उत्खनन् गर्ने क्रममा शुरुवाती इस्लामिक कालका सुनका सिक्काको खजाना फेला परेको छ ।

‘टाइम्स अफ इजरायल’को एउटा रिपोर्टका अनुसार ती सिक्कााहरु ११ सय वर्ष पुराना भएका बताइएको छ । सुनबाट बनेका ती सिक्काको संख्या ४ सय २५ छ ।

इजरायलका पुरातत्वविदहरु लियात नादाव–जिव र एली हद्दादले एक संयुक्त वक्तव्य जारी गर्दै ४२५ ओटा सिक्काहरु फेला परेको बताएका छन् । जो पुरै सुनबाट बनेका उनीहरुको भनाइ छ । ती सिक्काहरु करिब ११ सय वर्ष पहिले अब्बासिद कालका भएका उनीहरुको भनाइ छ ।

इजरायलको पुरातत्व प्राधिकरणका निर्देशकले एक बयानमा भनेका छन् कि कुनै व्यक्तिले ११ सय वर्ष पहिले ती सिक्का जमिनमा गाडेका हुन सक्छन् ।

ती सिक्काहरु पाइएको ठाउँमा पहिले बजार रहेको बताइन्छ ।