Jagaran Nepal मंगलबार, भाद्र ०९, २०७७

मध्यपुर्वी देशका शाही परिवार र राजकुमारहरुको विलासी जीवन शैली चर्चामा आउनु ठुलो कुरा होइन । तर एउटा युवराजको ह«दयमा देखिएको पन्छीमोहले विश्वकै ध्यान खिच्न सफल भएको छ ।

एउटा राजकुमार आफनो जीवन शैलीबाट अगाडी बढ्दै ससाना खुसीलाई कसरी महत्व दिन्छ भन्ने कुरा युएइका युवराज शेख हमदान बिन मोहम्मद बिन रासिद अल मकतुमले देखाएका छन् ।

उनको यो अदभुत कार्यलाई लिएर सामाजिक सन्जालमा कयौं दिन देखि चर्चा चलिरहेको छ । वास्तवमा उनको मर्सडिज सुव गाडीमा एक पन्छिले गुँड बनाएको थियो ।

युवराजले जब त्यो दखे, उनले त्यो गाडी प्रयोग गर्न छोडे । यति मात्र होइन, उनले गाडीलाई रातो टेपले बेरेर अरुलाई पनि उक्त चराको गुँडको ख्याल राख्न र त्यसलाई कुनै नोक्सान नपुर्याउन सचेत गराए ।

चरा गुँड बनाएपछि त्यसमा बच्चा कोरल्ने तयारी गरिरहेको थियो ।उक्त चरा प्रतिको राजकुमारको प्रेम यतिमा रोकिएन । राजकुमारले आफनो इन्स्टाग्राम अकाउन्टमा एक भिडियो पनि सेयर गरे । जसमा उक्त चराले गुँड बनाए देखि अन्डा दिएको र त्यसबाट चल्ला निकाल्दासम्मको सुट गरिएको थियो ।

विडियोमा सबैभन्दा माया लाग्दो दृष्य भनेको जब आमाले आफना बच्चालाई खाना खुवाइरहेको थियो । यो भिडियो सेयर गरेपछि क्याप्सनमा राजकुमारले लेखेका छन् – कहिलेकाहीँ साना कुराहरु जिन्दगीमा आवस्यकता भन्दा धेरै हुने गर्छ