Jagaran Nepal मंगलबार, भाद्र ०९, २०७७

काठमाडौं – नेपालमा पछिल्लो समय देशका बिभिन्न स्थानमा कोरोना सं क्रमण बढ्दै गइरहेको छ । यस्तो अवस्थामा डा. रवीन्द्र पाण्डेले कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रण र यसबाट बच्ने बिभिन्न उपायहरुको बारेमा जानकारी दिइरहेका छन् । यस्तै कोरोनाबि रुद्धको खोप र नेपालमा क्लिनिकल ट्र्यालबारे उनले बताएका छन् ।

उनले भनेका छन् – नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसार रुसको गेमेलियाले निर्माण गरेको खोप, अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धान गरेको तथा एस्ट्राजेनेकाले निर्माण गरेको खोप तथा चीनको हङ सी कम्पनीले बिकास गरेको खोपलाई तेस्रो चरणको क्लिनिकल ट्र्यालको लागि इच्छा देखाएको बताएको छ ।

कर्तब्यनिष्ठ नागरिक तथा जनस्वास्थ्यकर्मी भएको नाताले मैले चीन, भारत, बेलायत, अमेरिका, रुस तथा युरोपियन युनियन अन्तर्गतका महामहिम राजदुतलाई नेपालमा तेस्रो चरणको क्लिनिकल ट्र्यालको लागि तथा नेपालमा ३ करोड खोप आबश्यकता रहेकोबारे अनुरोध गरेको थिएँ । त्यो अनुरोधको महत्व होला, नहोला तर मैले आफुले गर्नसक्ने प्रयास गरेको छु ।

हामीले के बुझ्नु जरुरी छ भने खोप निर्माणको पहिलो र दोस्रो चरणको विधिपूर्वक क्लिनिकल ट्रायल गरेर पियर रिभ्यु गरेका बैज्ञानिक जर्नलमा अनुसन्धान प्रकाशित गरेका तथा तेस्रो चरणको क्लिनिकल ट्र्याल धेरै देश र संख्यामा गरिरहेका खोपलाई मात्र नेपालमा क्लिनिकल ट्र्याल गर्ने अनुमति दिनुपर्ने हुन्छ ।

अहिलेसम्म देखिएका खोपमध्ये विश्वस्त यी खोप देखिएका छन् – १. अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धान गरेको तथा एस्ट्राजेनेकाले बिकास गरिरहेको खोप २. अमेरिकाको मोडेर्नाले बिकास गरेको खोप । ३. अमेरिका र जर्मनीको संयुक्त प्रयासमा फाइजर कम्पनीले बिकास गरेको खोप। ४. चीनको कान्सिनो बायोलोजिक्सले बिकास गरेको खोप ।५. चीनकै सिनोफार्म बायोटेकले बिकास गरेको खोप ।६. भारतको कोभ्याक्सिन खोप ।७ . रुसमा बनेको भ्याक्सिन