Jagaran Nepal सोमबार, भाद्र ०८, २०७७

अबदेखि काठमाडौँ, ललितपुर, भक्तपुरमा खाद्यन्न तथा तरकारी, फलफूल पसल बिहान ९ः१५ बजेसम्म खोल्न पाइने भएको छ । काठमाडौँसहित तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

बिहान चाँडै पसल बन्द भएपछि सामान किन्न पाइएन भन्ने जनगुनासो आएपछि ९ः१५ बजेसम्म खोल्न दिने निर्णय गरेको छ ।

खाद्यन्न, तरकारी, फलफूल, माछामासु पसल बिहान मात्र खोल्न पाइने छ । स्वास्थ्य सामग्री, औषधि, पानी बिक्री वितरण गर्ने पसल भने जुन बेला पनि खुल्न पाउने प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।

उपत्यकामा काेराेना सङ्क्रमण बढेसँगै उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले भदाै ३ गतेबाट उपत्यकाका तीनवटै जिल्लाभर निषेधाज्ञा जारी गरेकाे थियाे । साे क्रममा बिहान ७ः बजेसम्म मात्र पसल खाेल्न दिइने गरेकाे थियाे । गोरखापत्र दैनिक बाट