Jagaran Nepal सोमबार, भाद्र ०८, २०७७

काठमाडौं। भनिन्छ, यो धर्तीमा ३३ करोड देवी–देवताको वास छ। ती मध्ये एक हुन् हनुमान भगवान। हप्तामा एक दिन कुनै न कुनै भगवानको दिन हुन्छ, यस्तै मध्ये मंगलबार हनुमानजीको दिन हो।

मंगलबार भक्तजनहरु हनुमानजीको विशेष आराधना गर्छन्। तर के तपाइँले सुन्नु भएको छ? आज पनि हनुमानजी धर्तीमा विराजमान छन्। आज हामी हनुमानजीको त्यही दुर्लभ तस्वीरको विषयमा जानकारी दिन गइरहेका छौं जुन तस्वीर मानसरोवरको यात्राका क्रममा एक भक्तले आफ्नो क्यामरामा कैद गरेका थिए।उक्त तस्वीर खिचेपछि ती भक्तको निधन भएको बताइन्छ।

तीन जना साथी मानसरोवर यात्रामा निस्किएका थिए। ती मध्ये एक जना हनुमानजीको परम भक्त थिए।उनी सधैं हनुमानजीको आराधना गर्थे। उनलाई सधैं हनुमानजीको स्वरुप कस्तो होला भन्ने जिज्ञासा हुन्थ्यो। उनको मानसरोवरको यात्राको उद्देश्य हनुमानजीलाई खोज्नु थियो। कयौं दिनको यात्रापछि उनीहरु एक दिन मानसरोवरको तलाउ नजिकै पुगे।

ती हनुमानजीका परम भक्तले बाँदरको आकृति देखे जो निकै तीव्र गतिमा हिमालयका पहाडतर्फ जाँदै थियो। उनीहरु तीनै जना त्यो आकृतिको पिछा गर्न थाले। तर त्यहाँसम्म पुग्न सकेनन्। त्यसपछि उनीहरुले पहाडका गुफामा हनुमानजीलाई खोज्न थाले। हनुमानजीको खोजी गर्दै उनीहरु एक गुफामा पुगे। जुन गुफाबाट तीव्र प्रकाशको ज्योति आइरहेको थियो। भक्तले तत्काल आफ्नो क्यामरा निकाले र फोटो खिच्न थाले। तर फोटो खिच्ने वित्तिकै ती भक्तको प्राण गयो।

त्यसपछि उनलाई अस्पताल लगियो। तर डाक्टरका लागि यी भक्तको मृत्यु रहस्यमयी बन्यो। त्यसपछि बाँकी दुई जनाले क्यामराको रिल निकाले र फोटो धुलाए। जसमा हनुमानजीको तस्वीर निस्कियो उक्त फोटोमा हनुमानजी ग्रन्थ पढिरहेको देखिन्छ। त्यो ग्रन्ध अरु कुनै नभएर रामाणण हो।