Jagaran Nepal सोमबार, भाद्र ०८, २०७७

हिन्दु धार्मिक परम्पराअनुसार विवाहका बेला बर-बधुको चिना मिलाउँदा महिलामा हुने लक्षणलाई विशेष ध्यान दिइन्छ । खासगरी ३२ गुण भएकी युवती सर्वश्रेष्ठ मानिन्छन् । धर्मशास्त्रमा ‘३२ गुणले सम्पन्न’ नारीका बारे उल्लेख गरिएको हुन्छ । महिलनामा हुनु पर्ने ३२ लक्षणहरु यी हुन् –

१) पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा हुनु । २) हातका औँला लामा–लामा हुनु । ३) औलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका हुनु । ४) छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु ।

५) शरीरमा विभिन्न सात सुगन्ध हुनु । ६) हरिणका जस्ता फिला हुनु । ७) गुप्ताङगहरु गुप्त रहनु । ८) शरीरको माथिल्लो भाग सलक्क मिलेको हुनु । ९) शरीरका सम्पुर्ण अङगहरु सुगठित हुनु । १०) काँध पुष्ट, चौडा र गोलो हुनु ।

११) पाखुरा राम्ररी फर्कने हुनु । १२) पाखुरा लामा हुनु । १३) सम्पुर्ण शरीर तेजोमय हुनु । १४) शंख समान घाँटी हुनु । १५) सोझो र सिंहको जस्तो चिउँडो हुनु । १६) ३२ वटा दाँत हुनु । १७) चम्किला र टमक्क जोडिएका दाँत हुनु ।

१८) समान मिलेका दाँत हुनु । १९) बंगारा स्वच्छ र सुन्दर हुनु । २०) जिब्रो लामो हुनु । २१) विभिन्न सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु । २२) पातलो (सुरिलो) स्वर हुनु । २३) बिभिन्न विषयमा ज्ञानको चासो राख्ने बानी हुनु । २४) कुरा (बाचा)मा अडिक रहनु ।

२५) आँखीभौँका बीच रौँकै कोमल र सूक्ष्म रेखा हुनु । २६) मिलेको कपाल हुनु । २७) अल्छी नहुनु । २८) अरुलाई चाडै प्रभावमा पार्न सक्ने क्षमता हुनु । २९) शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु । ३०) चमक्क चम्किने केश हुनु । ३१) स्वभाव लज्जालु हुनु । ३२) दुढ आत्मविश्वास हुनु ।