Jagaran Nepal सोमबार, भाद्र ०८, २०७७

भनिन्छ, ३२ गुण भएको महिला एकदमै भाग्यमानी हुन्छन । महिलामा राम्रो बोलि राम्रो र हँसिलो अनुहार देखिलिएर अनेकौ गुण हुनुपर्छ । तर, केहि अवस्थामा भने महिलाको गाला हेरेर नै उनको गुण र बानी कस्तो छ भनेर थाहा पाउन सकिन्छ । त्यस्तै केहि तरिकाहरु यहाँ प्रस्टिएको छन् ।

⇒ तीक्ष्णबुद्धि भएकी, विवेकशील, छिट्टोछिट्टो कुरा गर्ने तथा आफ्नो गतिविधिका कारण सबैको हृदयमा स्थान लिने खालकी महिलाको हाँस्दाखेरी गालामा खाल्डो वा डिम्पल पर्ने गर्छ।

⇒ हाँस्दाखेरी गाला फुल्ने महिला मेहनती हुन्छन् । पचास वर्ष कटेपछि यिनीहरूले सुखप्राप्ति गर्छन् ।

⇒ दाहिने गालामा कालो कोठी भएको महिला धनी, वैभवशाली र चरित्रवान हुन्छिन् । यस्ता महिलाले आफ्ना आवश्यकताहरूलाई नियन्त्रणमा राख्छन् । उनीहरूले भौतिक सुख पनि पाउँछन् ।

⇒ देब्रे गालामा कालो कोठी छ भने उक्त स्त्री बुद्धिमान, शिक्षामा रुचि राख्ने र सौन्दर्यप्रति लगाव भएकी हुन्छिन् ।

⇒ अनुहारको तुलनामा गाला सानो छ भने तिनी धनवान हुन्छिन् र परिवारमा प्रशंसाको पात्र हुन्छिन् । यस्ता स्त्रीले आफ्ना कार्य चतुरतापूर्वक गराउँछिन् ।

⇒ देब्रे गाला सानो भएकी महिलाको मृत्यु पतिभन्दा अघि हुन्छ । यस्ता स्त्री एकदमै शालीन र मिलनसार हुन्छन् ।

⇒ गाला आवश्यकताभन्दा बढी तल लोलिएको महिलाको आफ्नो सासू, ससुरा र देवरका लागि अशुभ मानिन्छिन् । यस्ता महिलालाई खानामा विशेष रुचि हुन्छ ।