Jagaran Nepal सोमबार, भाद्र ०८, २०७७

एजेन्सी । संसारमा पाइने विभिन्न महङ्गा धातुमध्येको एक धातु हो सुन । सुन प्रायः मानिसहरु गहना बनाएर लगाउने गर्छन् । सुनका विभिन्न गहना बनाएर चलन भारत र नेपालमा धेरै लगाइएको पाइन्छ ।

सुन देखावटी अहंकार पनि हो भन्ने गरेको पाइन्छ । त्यस्तै यसलाई लगाउनाले नराम्रो असर पर्ने पनि बताइन्छ । सुनले मानिसमा दुस्प्रभाव पनि पर्न सक्छ ।

ज्योतिषशास्त्र अनुसार प्रत्यक धातुले हाम्रो जीवनमा अलगअलग प्रकारको प्रभाव गरिरहेको हुन्छ । हरेक धातुको एक खास ग्रहसंग सम्बन्ध रहेको हुन्छ। ग्रहले धातुलाई सधै आफु अनुकुल प्रभावित गर्छ ।

सुन लगाउनुको शुभ–अशुभ प्रभाव जान्नुहोस्ः

१. बायाँ हातमा सुन लगाउनु तपाईको लागी नोक्सानदायक हुन सक्छ। यस हातमा सुन लगाउनु अघि पहिले तपाई कुनै विशेषज्ञको सल्लाह लिनुहोस् । यस हातमा सुन पहिरनाले मानिस समस्यामा पर्न सक्छ।

२.भनिन्छ कि सुन जस्तो कि पाउजु, खुट्टामा पहिरिनु हुदैन । यसबाट दाम्पत्य जीवनमा समस्या आउन सक्छ ।

३.यदि तपाई सुन दराजमा अथवा लकरमा राख्नुहुन्छ भने दराजको दिशा उत्तर–पुर्व हुनुपर्छ ।

४. सुन रातो अथवा पहेलो कपडामा बाधेर राख्नु शुभ हुन्छ। सुनको साथमा केसर राख्नाले घरमा धनको आगमन हुन्छ।