Jagaran Nepal सोमबार, भाद्र ०८, २०७७

काठमाडौं – धेरैजसो पुरुषले विवाह गर्दा आफुलाई सुहाउने युवती खोज्ने गर्छन् । तर एक अध्ययनमा भनिएको छ की मोटी युवतीसँग विवाह गर्नु धेरै राम्रो हुन्छ । यदि कुनै पनि पुरुषले मोटी युवतीसँग विवाह गर्छ भने त्यो पुरुषको जीवन सुखमय हुन्छ । अध्ययन अनुसार मोटी युवती विवाह गर्ने पुरुष, पातली युवती विवाह गर्ने पुरुष भन्दा १० गुना बढी खुसी रहन्छ ।

नेशनल अटोनामस युनिभर्सिटी अफ मेक्सिकोमा भएको एक अध्ययनमा जीवनसाथीको लागी पातली भन्दा मोटी युवती विवाह गर्नु राम्रो हुन्छ । अध्ययन अनुसार, मोटी युवतीहरु आफ्नो जीवनसाथीलाई सँधै फिट रहने कुरा गर्दैनन् । र आफु पनि तौल कम गर्ने सोच गर्दैनन् । दुवै जना सँग सँगै खानेकुरा खाने गर्छन् । मोटी युवतीहरुसँग प्रेममा परेका पूरुष धेरै मुस्कुराउँछन् । उनीहरुको जीवनको लागि व्यवहार धेरै सकारात्मक रहन्छ ।