Jagaran Nepal सोमबार, भाद्र ०८, २०७७

कमजोरीपन शरीरमा आइरन कमीको मुख्य लक्षण हो । हेमोग्लोबिन बन्नमा आइरनको महत्वपूर्ण भूमिका हुन्छ ।

आइरनको कमी हुँदा हेमोग्लोबिनको कमी हुने र शरीरमा अक्सिजनको अभाव हुने भएकाले कमजोरीपन देखा पर्छ ।

आइरनको कमी हुँदा नङ कमजोर हुन्छ । बिस्तारै सजिलैसँग नङ चिरिने, पातलो हुने र सेतो हुँदै जाने हुन्छ, जसलाई कोइलोनेसिया पनि भनिन्छ ।

मुखमा घाउ देखिने, ओठ फुट्ने र छेउछाउमा घाउ तथा दाग देखिने हुन्छ । रगतमा हेमोग्लोबिनको कमीका कारण जिब्रो सुन्निने हुन्छ । बिस्तारै सुक्खा हुँदै जाने र कतिपयमा जिब्रोमा घाउसमेत देखा पर्छ ।

बालबालिकाहरू बढी प्रभावित हुने गर्छन् । शारीरिक तथा मानसिक विकास हुने उमेरमा आइरनको कमी भएमा बालबालिकाको स्वास्थ्य विकासमा प्रभाव पार्छ । त्यस्तै, बच्चालाई माटोको गन्ध मन पर्ने भएकाले माटो खाने स्वभावका हुन्छन् ।

शरीरमा हेमोग्लोबिनको आपूर्ति नहुँदा अंगहरूमा अक्सिजनको मात्रा कम हुन्छ । जसले गर्दा कोषिकाहरूले काम गर्न सक्दैनन् र हात–खुट्टा चिसो हुन्छन् ।