Jagaran Nepal सोमबार, भाद्र ०८, २०७७

धार्मिक ग्रन्थमा भनिए अनुसार यदि कुनै पनि मानिसले यस्ता नियम हरु पालना गर्ने हो भने सम्पूर्ण मानिसहरू सफल हुने थिए।

नैतिक शिक्षाको कमिले गर्दा समान्य तरिकाले दैनिक जीवनमा गर्नुपर्ने नियम हरु पनि हामीलाई थाहा हुँदैन र भएपनि हामीले गरिरहेका हुदैनौ ।

हामीले सामान्य बोलिचालिको भाषामा कतिपय कुराहरु भान्ने गर्छौं तर व्यबहारमा प्रयोग गर्ने सकिरहेका हुदैनौ यस्ता कुराहरुलाई प्रयोग गरेमा जस्तोसुकै कामहरु पनि सजिलोसँग सम्पन्न हुने थियो ।

कराग्रे वसते लक्ष्मीस् करमध्ये सरस्वती‘
करमूले तु गोविन्दस् प्रभाते कर दर्शनम्!

यदि कुनैपनि मानिसले बिहान उठ्ने बेलामा माथि लेखिएको स्लोक कन्ठ पारेका हातको दर्शन गर्न सकेमा लक्ष्मीको साथ दिनभरै नै रहिरहने शास्त्रमा उल्लेख गरिएको छ ।

मानिसको हातमा अगाडिको भागमा धनकी देवी लक्ष्मीको निवास हुने कुरा उल्लेख छ । तेस्तै हातको मध्य भागमा विद्याकि देवी सरस्वतीको बाँस हुन्छ भने मूलभागमा भगवान् नारायणको बाँसहुने हुदा यदि बिहान उठ्नु भन्दा पूर्व नै यसरी हातको दर्शन गरेमा सम्पूर्ण कार्य सिद्ध हुने शास्त्रमा उल्लेख गरिएको छ:

धनकी अधिष्ठात्री लक्ष्मी तेस्तै विद्याकी अधिष्ठात्री सरस्वतीको बाँस सधैंभरि भैरहने हुदा यसरी दर्शन गरेमा सम्पूर्ण मनोकामना पूर्ण हुने कुरा बताईएको छ ।

हरेक काम गर्नका लागि हातको कुरा हरु नै आउँदछ । कसैको हात लक्षिणको रहेछभनेरभन्ने गरिन्छ भने कसैले गरेको काम कहिल्यै नबन्ने भनेर भनिरहेका हुन्छौं । तेसैले सबैभन्दा महत्त्वपूर्ण कामका लागि हात नै हो हातको बन्धना गर्ने सकेमा समस्त ईक्ष्या पूर्ण हुने उल्लेख गरिएको छ ।