Jagaran Nepal आइतबार, भाद्र ०७, २०७७

काठमाडौ । विश्वव्यापी भएको कोरोनाको विरुद्ध अग्रपंत्तिमा लड्ने स्जास्थ्यकर्मी र चिकित्सक नै हुन् । कोरोना फैलन नदिन फिल्डमा खटिने सुरक्षाकर्मी हुन् । तर अहिले स्वास्थ्यकर्मी र प्रहरी सुरक्षाकर्मी नै कोारेनाको जोखिममा परेका छन् । अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी नै संक्रमित भएका छन् । विरामीको सेवामा लागेको चिकित्सक र स्वास्थ्यकर्मी नै संक्रमित भएको बेलामा उनीहरुलाई हौसला दिनुको साटो छिमेकी र समाजले अपहेलना गर्ने गरेको छ ।

कोरोनाको उपचारमा खटेका चिकित्सक र स्वास्थ्यकर्मि नै हात बाँधेर बसिदिए भने यो समाजमा उपचार कसले गर्छ रु उपचारमै लागेर संक्रमित भएका चिकित्सक र स्वास्थ्यकर्मीलाई नै समाज र छिमेकीले दिएको यातनाका कारण उनीहरु हतोस्साही हुन थालेका छन ।

एक जना स्वास्थ्यकर्मिले यस्तै आफुर्ला परेको समस्याका बारेमा सामाजिक सञ्जालमा निकै मार्मीक स्टटास लेखेकी छन् । विरामीको उपचारमा लागेकै कारण आफु पनि संक्रमित भएको जानकारी दिँदै उनले अहिले आफु र परिवारलाई समाजले यातना दिएको खुलाएकी छन् । उनले सामाजिक सञ्जाल फेसवुकमा लामो स्टाटस लेखदै यस्तो पीडा पोखेकी छन्, उनी लेख्छिन्, मेरो बाबाले दिनहु मलाइ कोरोना को डरले जागीर छोड्ने दबाब दिराख्नु भयो ।।

मलाई थाहा थियो कुनै न कुनै दिन म कोरोना को शिकार हुनेछु तर पनि मैले कुनै दिन जागीर छोड्ने मनसाय राखिन।। म पछी हटे भने कस्ले सेवा गर्नेछ र ।।। मेरो देश मा लास को हिमाल बन्न समय नलाग्न सक्छ ।। त्यो म हेर्न सक्दिन ।।त्यो लाश को थुप्रोमा मेरो, तपाईको, कसैन कसैको प्रा‍ण जोडिएको हुन्छ ।। येहि सोचले म कुनै दिन अस्पताल जान छोडिन । बरु बिगत केहि दिने देखि घर जान छोडिदिए ।। कुनै बिरामीको सेवामा घिन मानिन ।। आज म कोरोना पुष्टि भएर भएर बसेको छु ।।

तर आज तेहि समाजले मेरो परिवारलाई बारम्बार ध’म्की देखाउने।। घरमा प्रहरी पठाउने ।। छोरी लाई किन पहिले जागिर छोड्न नलगाको भन्ने ।। वाह ,समाजको दायित्व ।।भोलि हजुरलाई, हजुरको आफ्नो भन्नेला कोरोना लाग्ला अनि कहाँ जानुहुन्छ सहयोग को लागि ।आफ्नो परिवारलाई कहाँ लगेर लुकाउनु हुन्छ ?। आइसोलेसनमा आफै बस्नुभाको छ तर पनि यो मानसिक तनाब किन रु अब म कुन मुखले बाबालाइ भनु फेरि अस्पताल जान्छु भनेर।