Jagaran Nepal आइतबार, भाद्र ०७, २०७७

काठमाडौ । नेपाल युवा किसान पार्टीका राष्ट्रिय अध्यक्ष संजय कुमार मिश्रको निधन कोरोनाका कारण भएको पुष्टि भएको छ । उनको निधन पछि आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो ।

रुपन्देहीको रोहिणी गाउँपालिका–३, धकधईका बासिन्दा ५३ वर्षीय मिश्रको स्वास्थ्यमा समस्इा आएपछि उनलाईइ उपचारका लागि भारत तर्फ लगिदै थियो । तर अस्पताल नपुग्दै उनको निधन भएको थियो । भारत लैजानु अघि गरिएको आरडिटी परिक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनलाई उपचारका लागि भारत लैजान लागिएको थिृो । यस अघि नेपालकै धेरै अस्पतालमा पनि उनलाई उपचारका लागि लगिएको थियो ।

भारत लैजानु अघि उनको कोरोना परिक्षणका लागि स्वाब संकलन गरेर परिक्षणका लागि पठाइएको थियो । तर रिपोर्ट नआउँदै उनको निधन भयो । परिवारका सदस्यले उनको धार्मीक परम्परा अनुसार अन्त्यष्टि गरे । तर उनको आइतवार रिपोर्ट आउँदा कोरोना भएको पुष्टि भयो ।

परिवारका सदस्यले उनको अन्त्यष्टि गर्दागर्दै कोरोना पुष्टि भएको जानकारी पाएका थिए । घाटमा कोरोना पुष्टि भएको खबर आएपछि मलामी गएकाहरुको भागाभाग भएको थियो । कोरोना पुष्टि भएको भन्दै जनप्रतिनिधिले शव अन्त्यष्टि नगर्न आग्रह गरेका थिए । तर चितामा चढाइसकेका कारण परिवारले अन्त्यष्टि गरिदिए । कोरोना भएको खबर पाएपछि मलामी गएकाहरु भने कोही भागाभाग गरे कोही नजिक नपरेर साइड लागेका थिए । मिश्राको शनिबार उपचारका लागि लैजाँदै गर्दा भारतको नौतनहवामा निधन भएको थियो। उनको शब नेपाल ल्याएपछि नेशनल प्याथ ल्याव बुटवलमा पीसीआर जाँच गर्न पठाइएको थियो।

आइतबार रिपोर्ट आउँदा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिएका छन् । यता मृतक मिश्रका आफन्त कृष्णचन्द्र मिश्रले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै संजयलाई कोरोना पुष्टि भएकाले मलामी गएका सबै र आफन्तहरुलाई सुरक्षित बस्न आग्रह गरेका छन्। कृष्णचन्द्रले फेसबुकमा मृतक मिश्र र उनको कोरोना जाँचको ल्याव रिपोर्टसमेत पोष्ट गरेका छन्।