Jagaran Nepal आइतबार, भाद्र ०७, २०७७

एजेन्सी । अमेरिकाको एक औषधी कम्पनीले कोरोना भाइरस संक्रमण रोक्न सक्ने मलम तयार गरेको दावी गरेको छ । यस परियोजनामा संलग्न वैज्ञानिकहरुले एफडीए पंजिकृत नन प्रिस्क्रिप्सन ओवर द काउन्टर (ओटीसी) मलमले कोरोना भाइरस सहति अन्य विषाणु संक्रमणबाट पनि बनाउन सक्ने, उपचार गर्ने र त्यसलाई समाप्त पार्ने क्षमता प्रमाणित गरेको बताएका छन् ।

प्रयोगशालाबाट प्राप्त रिपोर्टले टी३एक्स उपचारपछि संक्रमण फैलाउने कुनै पनि विषाणु नभेटिएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । एडवान्स्ड पेनिट्रेसन टेक्नोलोजीका संस्थापक डक्टर ब्रयान ह्युबरले भने – नाकका माध्यमबाट कोरोना भाइरस शरीर भित्र प्रवेश गर्ने आशंका कम गर्ने यो एक महत्वपुर्ण खोज साबित हुने हामीले अपेक्षा गरेका छौं ।

लन्डन स्थित अनुसंन्धान प्रयोगशाला वायरोलोजी रिसर्च सर्विसेज लिमिटेडले कोरोना भाइरस (एनएल६३) र इन्फुएन्जा ए भाइरसमा औषधीको विषाणु रोधी प्रभावको मुल्यांकन गरेको र यो कोरोना भाइरससँग लड्नमा पर्याप्त सफल रहेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

विश्वभरी कोरोना संक्रमित २ करोड ३० लाखको हाराहारीमा पुगेको छ भने मर्नेको संख्या ८ लाख नाघेको छ ।

याे पनि…
जोनसन एन्ड जोनसनद्वारा अहिलेसम्मकै बृहत खोप परीक्षणको तयारी
जोनसन एन्ड जोनसनले आगामी महिना विश्व भरी आफ्नो कोरोना भाइरस खोपको अन्तिम चरण परीक्षण शुरु गर्ने छ । यसका लागि कम्पनीले ६० हजारलाई खोप परीक्षण गर्ने योजना बनाएको छ ।

अहिले सम्म मोडेर्ना इन्क र फाइजर इन्क जस्ता कम्पनीले ३० – ३० हजार ब्यक्तीमा यस प्रकारको परीक्षण गरेका छन् । यदी जोनसन एन्ड जोनसनले योजना अनुसार ६० हजार नै परीक्षणका लागि जुटाउन सके भने यो आफैंमा एक किर्तिमान हुनेछ ।

जोनसन एन्ड जोनसनका प्रवक्तले वाल स्ट्रिट जर्नललाई भनेका छन् – कम्पनी त्यसता ब्यक्तीहरुलाई समावेस गर्न चाहन्छ जसले कोरोना भाइरस प्रभावित पुरै आवादीको प्रतिनिधित्व गर्छ । यो परीक्षण अमेरिका, ब्राजिल, चिली, फिलिपिन्स र दक्षिण अफ्रिकाका १ सय ८० स्थानमा हुनेछ । अमेरिकामा यो २८ राज्यमा गरिनेछ जहाँ संक्रमणको दर सबैभन्दा धेरै छ ।

यस परीक्षणमा खोप सुरक्षित, प्रभावकारीता मात्र हेरिंदैन , कति डोजको असर स्वयंसेवकहरुमा भइरहेको छ , त्यसलाई पनि सघन जाँच गरिनेछ । यसमा सहभागी हुनेहरुलाई दुई बर्ष सम्म फलो गरिनेछ । तर प्रारम्भिक नतिजा पहिलै नै जारी गरिनेछ ।

जोनसन एन्ड जोनसनको खोपमा एडेनोभाइरससँग कोरोना भाइरसलाई मिलाएर रोग प्रतिरोधात्मक क्षमता उत्पन्न गराउने प्रयास गरिएको छ । कम्पनीले यही विधिबाट सन् २०१९ मा इबोला खोप विकसित गरेको थियो ।