Jagaran Nepal आइतबार, भाद्र ०७, २०७७

मेष
मेष राशिका लागि यो साता मध्यम खालको छ । साताको शुरुमा काममा वाधा आउनेछ । स्वास्थ्यमा समस्या हुनेछ । मध्यमा आम्दानीको स्तर बढ्नाले पुराना काम पुरा हुनेछन् । मुद्दामामिलामा राहत मिल्ने एवम् कला, संगीत र सामाजिक कार्यमा प्रगति देखिन्छ ।

वृष
सरसल्लाह नमिल्नाले काममा बोझ पर्नेछ । जग्गा जमीनमा विवाद आउनुका साथै आफन्तबाटै असहयोग आउनेछ । साताको मध्यमा भने विद्यामा प्रगति हुने, सन्तानबाट खुशीयाली मिल्ने र आम्दानीको स्तर बढ्नेछ ।

मिथुन
काममा व्यस्तता बढ्नाले व्यक्तिगत काम अधुरा रहनेछन् । साताको मध्यमा भने पारिवारिक कलह एवम् मनमुटावको योग देखिन्छ । साताको अन्त्यमा भने धनसम्पति बढ्ने, सुख सुविधामा मन जाने एवम् सवारी सुखको योग रहेको छ ।

कर्कट
व्यापारमा बढीलाभ हुनेछ ।भोजभतेरमा सहभागी भइनेछ । आर्थिक कारोबार बढ्नाले ऋणको भार कम हुनेछ । इष्टमित्रसँग नयाँ सम्बन्ध बन्नेछ ।

सिंह
पारिवारिक किचलो हुनेछ, चिन्ता बढ्नेछ । प्रेममा प्रगति एवम् भोगविलासमा खर्च हुनेछ । जग्गा जमीनबाट फाइदा एवम् नोकरी रोजगारीमा राहत मिल्नेछ । साताको अन्त्यमा भने यात्राको सुख मिल्ने, दाजुभाइबाट सहयोग पाइने एवम् सन्तानको स्वास्थ्यमा भने समस्या आउने देखिन्छ ।

कन्या
अचानक खर्च आउनाले सञ्चित धन कम हुनेछ । अनावश्यक लाञ्छना लाग्ने एवम् पेटको समस्या हुनेछ । साताको मध्यमा भने आपसी समझदारीमा विवाद टुंगिनेछ ।

तुला
पशुचौपाया एवम् कृषिबाट आम्दानी मिल्नेछ । स्त्रिपक्षबाट सहयोग मिल्नाले काममा सहजता आउनेछ । साताको मध्यमा भने यात्रामा खर्च बढ्ने, अनावश्यक वादविवाद हुने एवम् स्वास्थ्यमा प्रतिकुलता देखिन्छ ।

वृश्चिक
बोली बचनले विवाद आउनेछ । रोजगारीमा भने प्रगति देखिन्छ । व्यापारमा प्रशस्त आम्दानी हुनेछ । जीवनसाथीको स्वास्थ्यमा गडबडी एवम् अचानक खर्च हुनेछ ।

धनु
धर्मकर्ममा रुचि जाने एवम् विदेशबाट मिठो खबर आउनेछ । ठुलाबडा व्यक्तिको सहयोग एवम् साथले काममा सहजता मिल्नेछ । साताको अन्त्यमा भने, आर्थिक भार कम हुने एवम् आँटेको काममा लाभ मिल्नेछ ।

मकर
पारिवारिक वैमनस्यता बढ्नाले काममा रुचि घट्नेछ । साताको मध्यमा भने वैदेशिक योग बन्ने एवम् अधुरा काममा राहत मिल्नेछ । सामाजिक प्रतिष्ठा मिल्ने तथा सरसहयोगमा समय जानेछ ।

कुम्भ
राजनीतिमा अवसर मिल्नेछ, वैवाहिक कुराले साथ पाउनेछ । साझेदारीमा फाइदा मिल्ने तथा व्यावसायिक यात्रा हुनेछ । इष्टमित्रबाट सहयोग मिल्नाले काममा सहजता हुनेछ ।

मीन
घरको कामभन्दा बाहिरको जिम्मेवारी थपिनेछ । स्वास्थ्यमा सुधार हुने तथा खेलकुदमा प्रगति मिल्नेछ । काममा आलोचना हुने तथा मातृपक्षको स्वास्थ्यमा गडबडी हुनेछ । व्यापारमा भने फाइदा मिल्ने तथा प्रेममा प्रगति हुनेछ ।