Jagaran Nepal आइतबार, भाद्र ०७, २०७७

एजेन्सी। नुन खानालाई स्वादिष्ट बनाउनको लागि प्रयोग गर्ने गरिन्छ। नुन बिनाको खाना खल्लो हुन्छ। तर नुनको सही मात्रा नलिएर बढी लिंदा जीवन नै खल्लो बन्न समेत पुग्छ। यहाँ बढी नुन खानाले शरीरमा हुन सक्ने हानीको बारेमा चर्चा गरिको छ:

१ धेरै नुन खानाले ब्लड प्रेसर बढ्छ।

२ शरीरमा धेरै नुन भयो भने मुटुको रोग लाग्छ।

३ धेरै नुन खानाले रगतमा आइरनको मात्रा कम हुन्छ र शरीरमा एसिडिटी बढ्छ। जसले गर्दा मोटोपन बढ्छ।

४ नुन धेरै खानाले शरीरमा सोडियमको मात्रा बढ्छ । शरीरमा सोडियमको मात्रा बढ्नु भनेको पेटको क्यान्सर हुने खतरा बढ्नु हो।

५ नुन धेरै खानाले डिहाइड्रेसन हुन्छ। त्यसैले प्रशस्त मात्रामा पानी पिउनुपर्छ।