Jagaran Nepal शनिबार, भाद्र ०६, २०७७

काठमाडौं। कोरोनाभाइरसको इपिसेन्टर मानिएको देश चीनको राजधानी बेइजिङले मास्कबाट मुक्ति पाएको छ । अब यहाँका नागरिकले घरबाहिर निस्किँदा मास्क लगाउनु अनिवार्य छैन, उनीहरु बिना मास्क पनि घरबाहिर निस्किन सक्छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार बेइजिङका स्वासथ्य अधिकारीहरुले त्यहाँ मानिसहरुलाई बिना मास्क घुम्न अनुमति दिएका हुन् । १३ दिनसम्म संक्रमणको एउटा पनि नयाँ केस नआएपछि कोरोनाभाइरसका नियम खुकुलो पारिएको हो ।

दिशानिर्देशमा छुट दिइएको भए पनि बेइजिङमा अझै पनि ठूलो संख्यामा मानिसहरुले मास्क लगाइरहेका छन् । केही सीमित संख्यामा मात्र बिना मास्क बाहिर निस्किएका छन् । छुटपछि पनि मास्क लगाउनेहरुमध्ये केहीले मास्क लगाउँदा आफूलाई सुराित महसुस गर्ने बताएका छन् । केहीले भने मास्क लगाउन सरकारले छुट दएको भए पनि सामाजिक दबाब कायमै भएको बताएका छन् । अप्रिलमा बेइजिङको म्युनिसिपल सेन्टर्स फर डिजिज कन्ट्रोलले बिना मास्क घरबाहिर ननिस्किन निर्देशन जारी गरेको थियो ।

बीचमा मास्क लगाउन छुट दिइएकोमा जूनमा संक्रमणको दर बढेपछि पुनः मास्क लगाउनु अनिवार्य बनाइएको थियो । बेइजिङकी २४ वर्षकी एक युवतीले रोयटर्ससँग भनिन् ‘मलाई लाग्छ कि म कुनै पनि बेला मास्क हटाउन सक्छु तर मैले यो पनि हेर्नुपर्छ कि मलाई बिना मास्क देख्दा अरु मानिसहरुमा डर हुन सक्छ ।’ चीनको मेनल्याण्डमा ५ दिनदेखि स्थानीय संक्रमणका कुनै पनि केस छैनन् । शिनजियांग समेत कैयौं क्षेत्रमा स्थिति नियन्त्रणमा छ । विशेषज्ञहरुका अनुसार देशले कडा स्थानीय नियम लागू गरेपछि महामारी नियन्त्रणमा सफलता पाएको हो ।