Jagaran Nepal शनिबार, भाद्र ०६, २०७७

एजेन्सी । कोही बस्तु यस्ता हुने गर्दछन्, जसले हामीलाई आकर्षक बनाउने गर्दछन्। घरको सुन्दर बनाउनका लागि हामीले ती बस्तु सजावटका लागि घरमा लिएर आउने गर्दछौँ। तर थोरै व्यक्तिले यी कुराको ध्यान दिएका हुन्छन् कुन बस्तु घरमा राख्नु ठिक हुँदैन्। यस्ता कयौँ चीज हुने गर्दछन्, जुन बस्तु घरमा राख्दा नकारात्मक असर पर्ने गर्दछ। त्यसैले कहिलै पनि यी ६ चीज घरमा नराख्नुहोस्

१) नटराजको मूर्ति
नटराज नृत्य कला देवता हुन्। लगभग हरेक क्लासिकल डान्सरका घरमा नटराजको मूर्ति हुने गर्दछ। तर नटराजको यस मुर्ति भगवान शिवको ताण्डप नृत्यको मुद्रामा छ भने बिनासको सुचक मानिन्छ। त्यसैले यसलाई घरमा राख्नु निकै अशुभ मानिने गरिन्छ।

२) ताजमहल
ताजमहल निकै सुन्दर हुनुको साथसाथै प्रेमको प्रतिक पनि मानिने गरिन्छ। त्यसैले धेरै व्यक्तिले यसको तस्वीर घरमा राख्न मन पराउछन्। तर ताजमहलको तस्वीर र उसको प्रतिक घरमा राख्दा नकारात्मक उर्जा फैलिने गर्दछ। यसको तस्वीर घरमा राख्दा हाम्रो जीवनमा निकै गलत असर पर्ने शास्त्रमा उल्लेख छ।

३) डुब्दै गरेको ढुंगा वा पानी जहाज
डुब्दै गरेको ढुंगा वा पानी जहाज घरमा राख्दा घरका सदस्यको सौभाग्य पनि डुब्ने शास्त्रमा उल्लेख छ। घरमा यस्तो तस्वीर लगाउदा त्यसको नकारात्म असर परिवारमा पर्ने बताइन्छ।

४) जंगली जनावर वा त्यसको प्रतिक
आज भोलि जनावरका कयौँ सुन्दर सुन्दर शो पिस, खेलौँना पाइने गर्दछन्। देख्दा आकर्षक देखिने यस्ता शो पिस तपाईका लागि नोक्सानदायी हुने गर्दछन्। कुनै जंगली जनावरको तस्वीर वा त्यसको शो पिस राख्दा घरका व्यक्तिको स्वभाव उग्र हुने शास्त्रमा उल्लेख छ। यसले घरमा कलह र हिंसा बढ्ने गर्दछ।

५) महाभारत ग्रन्थ र उसको तस्वीर
महाभारत हिन्दू धर्मको सबैभन्दा महत्वपूर्ण ग्रन्थ मानिने गरिन्छ। यसलाई पुजनिय मानिने हुँदा पनि घरमा राख्नु अशुभ मानिने गरिन्छ। किनकी महाभारत पारिवारीक झगडाको कथा हो। यस ग्रन्थ घरमा राख्दा तनाव तथा झगडा उत्पन्न हुने विश्वास गरिन्छ।

६) शंखका साथमा रथ
घरको मन्दिरमा शंख राख्नु निकै शुभ मानिन्छ। शंखको ध्वनीले सकारात्मक उर्जा पनि ल्याउने गर्दछ। तर कुनै रथका साथमा शंख राख्नु अशुभ मानिन्छ। रथ युद्धमा प्रयोग हुने गर्दथ्यो भने रथमा राखिएको शंख युद्धको घोषण गर्न प्रयोग गरिने गरिन्थ्योँ। त्यसैले यसलाई घरमा राख्नु अशुभ मानिने गरिन्छ। यसले घरमा अशान्ति ल्याउने शास्त्रमा उल्लेख छ।