Jagaran Nepal शनिबार, भाद्र ०६, २०७७

काठमाडौं। वर्षातको समयमा सर्पले टोक्ने जोखिम निकै बढी हुन्छ । तराईका अधिकांश क्षेत्रमा त यो खतरा निकै बढी हुन्छ । सर्पले आफ्नो प्रतिरक्षा गर्नको लागि शत्रुलाई टोक्ने गर्छ । तर, टोक्ने सबै सर्प विषालु हुँदैनन् । यदि सर्पले टोकिहाल्यो भने त्यो सर्प विषालु हो वा होइन भनेर विभिन्न संकेतहरु ख्यान गर्न सकिन्छ । विषालु सर्पले टोकेमा यस्ता लक्षणहरु देखिन्छन् :
१. टोकेको ठाउँमा सुन्निन थाल्छ । रातो वा नीलो हुन थाल्छ ।
२. टोकेको ठाउँमा निकै पीडा हुन थाल्छ।
३. सास फेर्न गाह्रो हुन थाल्छ ।
४. उल्टी हुने र डर लाग्ने हुन्छ ।
५. आँखाको दृष्टि धमिलो हुन थाल्छ ।
६. अनुहार र हात खुट्टा निर्जिव हुन थाल्छन्।