Jagaran Nepal शनिबार, भाद्र ०६, २०७७

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालका सात अङ्गरक्षक (पीएसओ) लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पूर्वप्रधानमन्त्री नेपालका सबै परिवार उहाँको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा अङ्गरक्षकहरुको मात्र कोरोना पोजिटिभ देखिएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

हिजो गरिएको परीक्षणको शुक्रबार प्राप्त रिपोर्ट अनुसार पूर्वप्रधानमन्त्री नेपाल सहित अन्य सबैको नेगेटिभ आएको गौतमले जानकारी दिनुभयो । अङ्गरक्षकलाई कोरोना पोजिटिभ देखिएलगत्तै आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वकीय सचिव गौतमले स्पष्ट पार्नुभयो ।