Jagaran Nepal शनिबार, भाद्र ०६, २०७७

तपाई ज्योतिष शास्त्रमा कत्तिको विश्वास गर्नुहुन्छ, ज्योतिष शास्त्रलाई बिज्ञान पनि भन्ने गरिन्छ । र, यस शास्त्रकला अनुसार मानिसको राशि अनुसार भिन्न भिन्न खालको हुन्छ स्वभाव र ब्यवहार हुने गर्दछ ।

जुन व्यक्तिको नामको अगाडिको अक्षर ई, उ, ए, ओ, वा, वि, वू, वे र वो बाट शुरु हुन्छ, भने त्यस ब्यक्तिको राशि वृष हुने गर्दछ ।
ज्योतिष बिज्ञानका अनुसार वृष राशि हुने ब्यक्तिहरु असल र उत्तम प्रेमी मानिन्छन्।

वृष राशि हुने मानिसहरु पुरुष हुन् या महिला उनीहरु आफ्ना प्रेमी अथवा जीवन साथीप्रति ईमानदार , माया ख्याल राख्ने खालका हुन्छन् । यस राशिका मानिसहरु प्रेमको मामिलामा अलिक भावुक र संबेदनशिल हुने गर्दछन् । तर राशिका ब्यक्तिमा घमण्ड र रिस अली बढी हुने गर्दछ ।

यदि यो राशि हुने मानिसको कुण्डलीमा मंगल-सूर्यको युति (दुई ग्रह एउटै राशि हुन्छ भने त्यस्तो गह्रलाई युति भनिन्छ) छ भने यस्ता मानिसको शरीर दुब्लो र पातलो खालको हुने गर्दछ । यो राशिका ब्यक्ति सौन्दर्य तथा कला प्रेमी हुन्छन् । वृष राशिका ब्यक्तिसँगको सम्बन्ध भने मजबूत हुन्छ किन भने यिनीहरु जीवनभर सम्बन्धप्रति इमान्दार हुन्छन् । वैवाहिक जीवन राम्रो हुन्छन् ।

उनीहरु सफा हृदय, हसिलो स्वभावका दिलदार हुन्छन् । यिनीहरुलाई कम्प्यूटर अथवा आई टी क्षेत्रको काम गर्न रुचाउने गर्दछन् । यस राशिका ब्यक्ति मेहिनेती र पारिश्रमी हुने गर्दछन् । कम बोल्ने र सालिन स्वभावका यिनीहरु रिसाएभने उग्र रूप धारण गर्न पनि बेर लाउँदैनन् । वृष राशिको राशी चिन्ह बहर हो ।

यस राशिका मानिसहरुमा पिता-पुत्र दोष रहन्छ, जसले गर्दा पिता र छोरासंग झगडा पर्ने सम्भवनाहरु रहन्छन् । त्यसबाहेक माता/आमासँग पनि यस राशी हुनेहरुको सम्बन्ध खासै राम्रो नहुन सक्छ ।