Jagaran Nepal शनिबार, भाद्र ०६, २०७७

मानिसको आफ्ना आफ्नै स्वभाव हुन्छन् । ज्योतिष शास्त्रका अनुसार व्यक्ति कुन बार जन्मिएको हो त्यसमा पनि भर पर्ने बताउँछन् । सोमबार जन्मिएका व्यक्तिको स्वभाव कस्तो हुन्छ त सोमबार

१. सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।२. मृदुभाषी हुन्छन् तर निकै मुडी हुन्छन् ।३.निकै संवेदनशील हुन्छन्, त्यसकारण निकै छिटाे निराश हुन्छन् ।४. आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ ।५.सम्बन्धहरुले निकै महत्व राख्नेछ ।६. पढाईमा तिक्ष्ण हुन्छन् र आफ्नो करियरमा निकै माथि पुग्नेछन् ।७.सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र हेरचाहा गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।

८. सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।९.आफ्नो सौन्दर्यमा निकै ध्यान दिन्छन् र साेमबार जन्मने मान्छेकाे सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।१०. हुन त सबैलाई सम्मान गर्छन् तर मुडी स्वभावले तनाव दिने गर्दछ ।