Jagaran Nepal शनिबार, भाद्र ०६, २०७७

शास्त्रका अनुसार यी राशि भएका महिलाहरूले आफ्नो श्रीमानको खासै कुरा नसुन्ने आफ्नै मर्जी चलाउने, दाम, साम, दण्डभेदको समेत प्रयोग गर्ने गर्छन्।

घर परिवारमा हुने हरेक प्रकारको निर्णयमा पनि आफ्नै राज गर्ने अरूको कुरा नसुन्ने र देखावटी गर्न मन पार्ने भएका कारण यस राशि भएका महिलाहरू अरूलाई देखाउनको लागि भएता पनि काम भने गर्ने गर्दछन् । नेतृत्व भूमिका निभाउने खुबी हुने गर्दछ भने परिवारमा हुने हरेक कार्यमा समेत अगाडी हुने भएका कारण परिवारमा यस राशि भएका बुहारीहरूले राज गर्ने गर्छन्।

कन्या राशि
यो राशी भएका महिलाहरुमा श्रीमानलाई सजिलै काबुमा राख्ने क्षमता हुन्छ । यी राशी भएका महिलाहरु आफ्नो कर्मघरमा आफ्नो उपस्थिति बलियो रुपमा प्रस्तुत गर्ने गर्छन । आफ्नो पतिलाई नियन्त्रणमा राख्नको लागि साम, दाम, दण्ड, भेदको समेत प्रयोग गर्न पछि पर्दैनन् । यस राशिका महिलाहरु आफ्नो कर्मघरलाई स्वर्ग बनाउन हर सम्भव प्रयत्न गरिरहन्छन् ।

वृश्चिक राशी
यो राशी भएका महिलाहरु अफ्ठ्यारो परिस्थतिमा रुष्ट रहेका व्यक्तिलाई आफ्नो पक्षमा पार्न सक्ने क्षमताका हुन्छन् । यस राशिका महिलाहरु आफ्नो पतिलाई पनि आफ्नो नियन्त्रणमा राख्ने गर्छन् । पतिको कुरा सुन्दै परिवारमा राज गर्ने यस राशिका महिलाहरु आफ्नो कुरा राख्न अलिकति पनि डराउदैनन् । परिवारको हरेक कार्यमा आफै हावी हुने आदत यिनीहरुमा हुन्छ ।

कर्कट राशि
यो राशी भएका महिलाहरु जिद्दी हुन्छन् । साथै अरुलाई सहजै मनाउन सक्ने खुबी यिनीहरुमा हुन्छ । घर परिवारमा हुने हरेक कार्यको निर्णयमा आफ्नै प्रभाव जमाउने खालका हुन्छन् । श्रीमानलाई मनाउन यिनलाई कुनै कठिनाई हुँदैन । कर्कट राशि भएका बुहारीले घरमा राजनै गर्छन् ।

सिंह राशि
यो राशी हुने महिला व्यवहारमा अत्याधिक जिद्दी मानिने र आफ्नो पतिलाई जिद्दीलेनै नियन्त्रणमा राख्न सक्षम हुने गर्छन । कर्मघरमा हुने हरेक कार्यमा आफ्नो संलग्नता कायम राख्न खप्पिस हुनाले आफ्नो कर्मघरमै राज नै गर्ने गर्छन् । यस राशिका महिलाहरुसँग हरेक परिस्थितिमा आफ्नै तरिकाले समस्याको समाधान गर्ने खुबी हुन्छ।