Jagaran Nepal शनिबार, भाद्र ०६, २०७७

हामी सबैले आफ्नो कपाल लामो र सिल्की होस् भन्ने चाहना हुन्छ। अब कपाल स्ट्रेट बनाउन पार्लर धाइरहनु पर्दैन। घरमा नै घरेलु सामाग्री प्रयोग गरी आफ्नो कपाल स्ट्रेट गराउन अपनाउनुहोस् यी उपाय :

कागती, दुई चम्चा तोरीको तेल र एक कप नरिवलको तेल मिलाएर बिस्तारै हातले कपालमा लगाउनुहोस्। यसले कपाललाई सिधा गर्न मद्दत गर्छ।

यो मिश्रणलाई कपालमा राम्रोसँग लगाएर प्लास्टिकले छोपेर २ घन्टासम्म छाडिदिनुहोस्। र त्यसपछि तातो पानीले धुनुहोस्।

यो तरिका हप्तामा एक दिन अपनाउने गर्नाले तपाइको कपाल बिस्तारै सिधा हुनुका साथै नरम, मुलायम र स्वस्थ देखिन्छ। यसले तपाइको सौन्दर्यलाई पनि फाइदा गर्छ।