Jagaran Nepal शनिबार, भाद्र ०६, २०७७

आयुर्वेदमा केसर हालेको दूध पुरुषहरूका लागि लाभदायक मानिएको छ। यसले गर्ने फाइदाका बारेमा थाहा पाएरै पुरानो जमानाका राजाहरू दिनदिनै केसर हालेको दूध पिउँथे।

यसले सन्तानोत्पत्तिको क्षमता बढाउनुका साथै पुरुषहरूको स्वास्थ्यलाई अन्य पनि धेरै फाइदा पु–याउँथ्यो। केसरमा भएका १५० वटा पोषणतत्त्वले पुरुषहरूलाई फाइदा गर्छ।

भारतको जम्मु इन्स्टिच्युट अफ आयुर्वेदका डा सन्दीप भगतले पुरुषहरूलाई केसरयुक्त दूध खाँदा हुने फाइदाका बारेमा बताएका छन्।

यसमा भएको क्याल्सियम र प्रोटीनले मांसपेशी र हड्डी बलियो बनाउँछ।

यसले शरीरका विषाक्त पदार्थ हटाउँछ। छाला र कपाल स्वस्थ राख्छ।

यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ। रुघाखोकी लाग्न दिँदैन।

दूध र केसरमा भएको एन्टीअक्सिडेन्टले पुरुषको स्टामिना बढाउँछन्। कमजोरी भाग्छ।

यसमा भएको अमिनो एसिडले यौनशक्तिमा अभिवृद्धि गर्छ।

यसको क्यारोटनाइड्सले वीर्यशक्तिमा वृद्धि गरेर सन्तान जन्माउन सक्षम बनाउँछ।

यो पिउँदा टेस्टोस्टेरोन र एस्ट्रोजेनको स्तर सन्तुलनमा रहन्छ।

केसरयुक्त दूधले एन्डोर्फिन हर्मोनको स्तर सन्तुलित राख्छ र रोमान्टिक मूड कायम राख्छ। एजेन्सी