Jagaran Nepal शुक्रबार, भाद्र ०५, २०७७

रौतहट । गत साउन ३१ गते राति रौतहटको गरुडामा भएको युवकको ह’त्या आफ्नै साथीहरुले गरेको रहस्य खुलेको छ । युवकको ह’त्याको आ’रो’पमा प’क्राउ परेकालाई ७ जनालाई इलाका प्रहरी कार्यालय गरुडा रौतहटले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

गत साउन ३१ गते राति रौतहटको गरुडा नगरपालिका–८ जिगडियाका नन्दलाल रामको २० बर्षीय छोरा निरन्जन राम चमारको घाँ’टीमा धा’रि’लो ह’ति’यार प्रयोग गरेर ह’त्या गरिएको थियो ।

युवकको ह’त्याको आ’रोपमा सोही गाउका शेख गुलाबीका छोरा आजाद, मनोहर महराका छोरा अजय कुमार रन्जन, शशिभुषण यादबका छोरा बिबेक राय यादब मंगल रामको छोरा अर्जुन राम, हितलाल पासवानको छोरो सिकिन्द्र पासवान, पनिलाल महराको छोरा बिजय महरालाइ प्रहरीले प;क्राउ गरेको छ ।

पक्राउ परेका सबै मृ;तक चमारका साथी भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतोले पत्रकार सम्मेलनमा जानकारी दिएका छन । साथीहरु मिली निरन्जन रामलाई मा;र्ने योजना बनाई योजना अनुसार ३१ गते शनिबारको दिन भोज गरिएको थियो ।

भोजमा निरन्जन रामलाई अत्याधिक र;क्सी खुवाएर मताई बा;दबि;वाद गरी पूर्व योजना अनुसार सबै साथीहरु मिलेर निरन्जन रामलाई ब;न्धक बनाई ह;त्या गरेको प्रहरी नायब उपरिक्षक महतोले बताए ।

मृतक चमार र शेख अजादको परिवारिक बि;बादको कारण शेख अजाद समेतको योजनामा निरन्जन रामलाई फोनबाट बोलाई पाटी खुवाई घाँटी रे;टी क;र्तब्य गरी मा;रेको अनु;सन्धानबाट खुलेको डिएसपी महतोले बताए । राजधानी दैनिकबाट