Jagaran Nepal शुक्रबार, भाद्र ०५, २०७७

काठमाडौँ । हरितालिका तीज नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । तीजमा भगवान शिवको आराधना मुख्यरुपमा गरिन्छ ।

हरितालिका
यो व्रत (उपवास) भाद्रपद शुक्ल पक्ष तृतीयामा मनाइन्छ । माता पार्वती यस व्रतको प्रमुख देवता हुन् । यस व्रतमा उमा–महेश्वरको मूर्तिको स्थापना गरि यथाविधि उनको पू्जा गरिन्छ । कतिपय प्रदेशहरुमा देवता पूजनको साथ हवन पनि देवताको पूजासँगै गरिन्छ, जसमा तिल एवं घी इत्यादि चढाइन्छ । यस दिन ‘हरिकाली’, ‘हस्तगौरी’ एवं ‘कोटेश्वरी’ इत्यादि माता पार्वतीका रूपहरुका व्रत पनि गरिन्छ। विशेष गरी स्त्रीहरु नै यो व्रत गर्छन् ।

हरितालिका व्रतका उद्देश्य एवं लाभ
माता पार्वतीले शिवजीलाई वरको (दुलहाको) रूपमा प्राप्त गर्नको लागि यो व्रत गर्नुभएको थियो । त्यसकारण विवाहयोग्य कन्याहरु अनुरुप वर (दुलहा) प्राप्तिको लागि यो व्रत गर्छन्, त्यसैले सुहाग अखण्ड बनाई राख्नको लागि सुहागन स्त्रीहरु पनि यो व्रत गर्दछन् ।

हरितालिका व्रत गर्नाले हुने फाईदाहरु
१) व्रतको दिन उपवासको कारण देह (शरीर) पवित्र हुन्छ ।
२) ब्रह्माण्डमा विद्यमान शिवतत्त्व, व्रतकर्तीतर्फ आकर्षित हुन्छ ।
३) उनको शीघ्र आध्यात्मिक उन्नति हुनमा सहायता हुन्छ ।
४) कठोर व्रतपालन गर्नाले मृत्युपछि व्रतकर्तीलाई शिवलोकमा स्थान प्राप्त हुन्छ ।
यस प्रकार यो व्रत यस जन्ममा सांसारिक विघ्न हटाउन एवं मृत्युपछि लाभ प्रदान गर्दछ ।