Jagaran Nepal शुक्रबार, भाद्र ०५, २०७७

एजेन्सी । वास्तु शास्त्रले समय, दिशा तथा बस्तुका बारेमा शुभ र अशुभ बताउँने गर्दछ। वास्तुका केही महत्वपूर्ण अप्नाउँदा जीवनमा धेरै सफलता प्राप्त गर्न सकिन्छ। बालबालिका स्कुलमा पढाएको कुरा बुझन गाह्र मान्छन् भने त्यहाँ पनि वास्तु दोष हुनसक्छ। बालबालिकालाई तिष्ण बनाउनका लागि केही उपाय अप्नाउनु पर्ने हुन्छ। कक्षामा प्रयोग हुने रंग, पढ्ने टेवल आदीले पनि पढाइमा प्रभाव पार्छ । तसर्थ वास्तु शास्त्रका बालबालिकालाई तिष्ण बनाउन यी उपाय अप्नाउँदा शुभ मानिन्छ।

१. अध्ययन कक्षका लागि उपर्युक्त दिशा ईशान (पूर्व,उत्तर) दिशा उत्तम हुन्छ । यी दिशाहरु एकाग्रता बढाउने दिशा मानिन्छ।

२. अध्ययन गर्ने टेबल आकारमा वर्गाकार या आयातकार हुनु पर्छ। टेबुलको आकार निकै ठुलो अथवा धेरै सानो पनि हुनु हुदैन। टेबल पुस्तकहरुले भरिएको हुनु हुदैन।

३. अध्ययन कक्षका भित्ताको रंग हल्का निलो, घिउ रंग, सेतो या हल्का हरियो राख्न सकिन्छ।

४. अध्ययन कक्षमा नै सुत्ने व्यवस्था हुनु पर्छ। टेबल लेम्प अध्ययन टेबलको दक्षिण,पूर्व दिशामा हुनु उपर्युक्त हुन्छ। टेबलमा प्रकाश देब्रेपट्टीबाट आउने गरी व्यवस्था गर्नु उचित हुन्छ।

५ . किताबहरु राखिने अलमारी, दराज आदि अध्ययन कक्षको पूर्व, उत्तर अथवा उत्तर( पूर्व दिशामा राखिनु पर्छ। अध्ययन कक्षको उत्तर पश्चिम दिशामा नराख्नु नै उचित हुन्छ।