Jagaran Nepal बिहिबार, भाद्र ०४, २०७७

काठमाडौँ । व्रत गर्नु स्वास्थ्यका लागि पनि फाईदाजनक छ। तर व्रत सकिएपछि मानिसहरु खान नहुने कुराहरु बढी खाएर पनि बिरामी पर्ने गरेका छन्।

दिनभरको व्रत सकिएपछि व्रतको दिन बेलुका अन्न खान नहुने भनिन्छ । तर फलफूल र झोलयुक्त पदार्थ भने खान धार्मिक छुट छ। व्रतको दिनमा प्रशस्त पानी, फलफूल र फलफुलको जुस खान सकिन्छ । व्रत बस्दा निराहार बस्दा राम्रो भएपनि स्वास्थ्यमा समस्या हुनेले यी झोलिलो कुरा खानुहोला दिनभरको भोको पेटले तत्काल कडा खाना पचाउन सक्दैन । यी खानेकुरा खान चिकित्सकले सुझाएका छन्।

लामो व्रतपछि एकैपटक धेरै खानेकुरा खाँदा शारीरिक प्रतिक्रिया उत्पन्न भएर मानिस बेहोस हुन सक्छ । ठोस खाना मात्रै होइन, पानी पनि एक्कासि धेरै पिउनुहुँदैन । पहिले थोरै खाएर केही बेर आराम लिएपछि फेरि खानु उपयुक्त हुन्छ ।

-सीधै पानी पिउनुभन्दा सलादबाट पाइने पानीले धपेडीमा फाइदा गर्छ ।
-व्रत सकिएपछि आँटाको रोटि बनाई आलूसँग खान सकिन्छ ।
-व्रतमा साबदाना शुद्ध दुध मिलाएर शुद्ध परिकार बनाएर खाँदा आडिलो हुन्छ ।
-व्रत बस्दा दुधमा बदाम भिजाएर पनि खान सकिन्छ ।

-व्रतको दिन वा सकिएपछि केहि छिन रिलिफको लागि कोल्ड डिंक लिने बानी छ भने त्यसले मुटुमा गम्भिर खतरा पैदा गर्छ ।

-खाली पेटमा तत्काल चिया पिउनु पनि ठीक होइन ।
-मसलेदार खाना खानु राम्रो हुँदैन ।
-रोटी, दाल, भात र तरकारी नै उत्तम हुन्छ । यसमा कार्बोहाइड्रेट हुने भएकाले शरीरमा तागत पनि दिन्छ । खानासँग सलादको मात्रा धेरै खानुपर्छ

-व्रतबस्दा चिल्लो–पिरो खानुहुदैन ।
-गर्भवती महिला व्रत नबसेको राम्रो हुन्छ । मुटु, कलेजो, फोक्सो , मृगौला ,मधुमेह, उच्च रक्तचापका समस्या भएकाले ब्रत बस्न हुदैन ।
-यसबाहेक स्वास्थ्यअवस्था राम्रा भएकाहरु महिनामा एक दुईपटक वा हप्तामा एक दिन व्रत बसेको राम्रो हुन्छ ।