Jagaran Nepal बिहिबार, भाद्र ०४, २०७७

काठमाडौँ । नेपाली महिलाहरुको महान चार्ड हरितालिका तीज आईरहेको छ । पछिल्लो समयमा कुन कुरा भाइरल भइरहेको छ भनेर थाहा पाउनका लागि सजिलो माध्यम हो टिकटक ।

केहि समय अघि एउटा टिकटक निकै भाइरल भयो त्यो अरु केहि नभएर पूर्व राजा ज्ञानेन्द्र शाहकी बुहारी अथार्त पारस शाहकी श्रीमती हिमानी शाहको टिकटिक ।

फेरी तिजको मुखैमा पारसकि छोरी पुर्णिका शाहको टिकटिक भाइरल भएको छ । उनको टिकटकमा भाइरल बनेको गीत हो चिटिक्कै भाछु यो रातो सारीले…
हेर्नुहोस यो भाइरल टिकटक

याे पनि पढ्नुहाेसः कोरोनाले हुनसक्छ घाँटीमा समस्या, यसरी गर्नुस् घरमै उपचार

घाँटी दुख्नु अर्थात टन्सिल चिसो मौसममा मात्र हुँदैन गर्मी पनि हुन्छ । कोरोना भाइरसको संक्रमणले पनि घाटी दुख्ने समस्या आउछ । टन्सिल हुदाँ ज्वरो आउँने, काम गर्ने जाँगर नचल्ने तथा सामान्य दिनचर्यामा नै प्रभावित हुने गर्दछ ।

टन्सिलाइटिस नामक ग्रन्थीमा हुने संक्रमण, घाउ वा सुन्निएमा हामी त्यसलाई टन्सिल भन्दछौ । यस्तो अवस्थामा खानपिन गर्न वा थुक निल्म मात्र निकै अप्ठेरो हुने गर्दछ ।

टन्सिलाइटिस यस्तो ग्रन्थी हो, जहाँ सामान्य अवस्थामा हानिकारक ब्याक्टेरियाबाट शरीरलाई रक्षा हुने गर्दछ । मुखबाट शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया टन्सिलाइटिसले रोक्दछ । तर जब टन्सिलाइटिस नै संक्रमित हुन्छ यसले शरीरमा समस्या निम्त्याउँन गर्दछ ।

तर, संभव भएसम्म टन्सिलमा औषधी सेवन गर्नु भन्दा प्राकृतिक एवम् घरेलु उपचार गर्नु उत्तम हुन्छ ।

१. नुनपानीले कुल्ला गर्ने
टन्सिल भएमा मनतातो पानीमा नुन हालेर कुल्ला गर्नु सबैभन्दा प्रभावकारी उपाय हो । दैनिक ३/४ पटक नूनिलो पानीले कुल्ला गरे टन्सिल सुन्निन कम हुन्छ र दुखाईमा पनि राहत मिल्छ ।

२. बेसार पानी खाने
बेसारले शरीरको भित्री संक्रमणबाट बचाउन समेत प्रभावकारी मानिन्छ । बेसार आफैमा प्राकृतिक एन्टिबायोटिक हो । बेसारलाई मनतातो पानी राखेर दैनिक ३/४ कुल्ला गरेमा पनि टन्सिल कम हुन्छ ।

३. तुलसीको पात चपाउने
धार्मीक महत्व बोकेको तुलसी बहुगुणी वनस्पती मानिन्छ । टन्सिल भएको अवस्थामा तुलसीको पात मुखमा राखेर चपाएमा यसमा राहत मिल्दछ । पानीमा उमालेर खाएमा पनि तुलसीको पातले राहत दिलाउँछ ।

४. मह र दालचिनी खाने
मह र दालचिनि टन्सिलमा फाइदाजनक हुन्छन् । दालचिनीमा दुखाई कम गर्ने तथा महमा एन्टिब्याक्टेरियल गुण हुन्छ । दुई चुट्की दालचिनीलाई एक चम्चा महमा मिसाएर दिनमा तीन पटक सेवन गरे टन्सिलको दुखाई भाग्छ र सुन्निन पनि कम हुन्छ ।

५. हर्बल चिया
टन्सिलका कारण टन्सिलाइटिसको संक्रमण हुन्छ र हर्बल चियाले यसमा जमेको ब्याक्टेरिया र किटाणु बिस्तारै बिस्तारै मारिदिन्छ । हर्बल चिया पिउँदा पनि टन्सिलको समस्याबाट छिट्टै छुट्कारा पाउन सकिन्छ । यसले गर्दा घाँटी सुन्नि कम हुन्छ र दुखाई पनि ठिक हुन्छ ।