Jagaran Nepal बुधबार, भाद्र ०३, २०७७

सुन्दर बन्ने चाहना हरेकको व्यक्तिको हुन्छ । जसले पनि अनुहारलाई सुन्दर बनाउन सके सम्म हर कुराको प्रयोग गर्ने गर्छन् । मानव शरिरको सबैभन्दा संवेदनशिन क्षेत्र भनेको नै अनुहार हो यहि अनुहार नै कुरुप भयो भने विभिन्न समस्याहरु आउन सक्छन् । चाया पोतो डन्डीफोर जस्ता समस्याले सुन्दर अनुहारलाई कुरुप बनाएर सुन्दरता नै लुटिदिन्छ त्यसैले अरुको लहैलहैमा लागेर अनुहारमा जे पायो त्यहि प्रयो गर्नु हुँदैन् । आज हामी तपाईहरुलाई अनुहार सुन्दर बनाउनको लागि भनेर प्रयोग गर्न नहुने ५ चीजको बारेमा जानकारी दिन गइरहेका छौँ । जसको प्रयोगले अनहारलाई कुरुप बनाउनेछ।

१.भनेगर : भेनेगरमा केही मात्रामा एसिड प्रयोग गरिएको हुनाले प्रत्यक्ष अनुहारमा भेनेगरको प्रयोग गर्नु हुँदैन् । जसले अनुहारको छालामा असर पार्ने भएकाले भेनेगरमा अन्य चिज मिसाएर मात्र प्रयोग गर्नु पर्ने छ। सकेसम्म यसको प्रयोग नगर्दा नै उचित हुनेछ।

२.बियर : बियर पनि अनुहारमा लगाउनको लागि उचित छैन्। एसिड मिसेर निर्माण गरिने भएको कारण दैनिक रुपमा अनुहारमा बियर प्रयोग गर्दा डन्डिफोर आउने र अनहार भारी हुने सम्भावना बढी हुन्छ।

३.खाने सोडा : धेरैको बुझाइ छ अनुहार सफ गर्नको लागि सोडा प्रयोग गर्नु पर्छ। तर यो बुझाइ एकदमै गलत हो । धेरै समय खाने सोडालाई अनुहारमा लगाउनाले अनुहारमा धब्बा र दागहरु आउने हुन्छ।

४.पुदीना : पुदिनाले अनुहारलाई सफा गर्न त मद्दत गर्छ तर धेरै समय पुदिनाको प्रयोग गर्नाले विभिन्न समस्याहरु देखा पर्न सक्छ। कतिपयलाई पुदिनाको प्रयोगले डण्डीफोर आउने गर्छ।

५.मन्जन : इन्टरनेटको दुनियाँले धेरै कुरा सिकाउन सजिले भएके छ । त्यसकै प्रभावले होला मन्जनको प्रयोग गरेर अनुहारलाई चम्किलो बनाएको इन्टरनेट तिर देखन सकिन्छ । जसको प्रयोगले अनुहारमा चमक त आउँछ तर अनुहार बिग्रन भने धेरै समय लाग्दैन्। जसले गर्दा चाया पोतो डन्डीफोर जस्ता समस्याहरु आउन सक्छन्।