Jagaran Nepal बुधबार, भाद्र ०३, २०७७

काठमाडौं । धेरै मान्छे खल्तीमा रुमाल राखेर हिँड्छन् । आफूसँग रुमाल राख्दा व्यक्तित्वमा राम्रो वा नराम्रो प्रभाव पर्छ भन्ने सुन्दा तपाईं आश्चर्यमा पर्न सक्नुहुन्छ।

दिनैदिनै धोएको रुमाल प्रयोग गर्नुस्। फोहोरी रुमालमा नकारात्मकता हावी हुन्छ। अंक ज्योतिष अनुसार शुभ लाभको कामना गर्ने व्यक्तिले चार वा ६ फोल्ड गरेर गोजीमा राखेको राम्रो।

रुमालमा पेन वा पेन्सिलले केही पनि नराख्नुस् । यसो गर्दा एकाग्रतामा कमी आउँछ।

आफ्नो रुमाल कसैलाई पनि नदिनुस् अनि अरूको रुमाल पनि नलिनुस्।

मधुरो रंगको रुमाल बोक्नुस्।

व्यवसायमा निरन्तर हानिको सामना गर्नुपरेको छ र निस्सन्तान हुनुहुन्छ भने पहेंलो रुमाल सदैव राख्नुस्।

आयभन्दा बढी खर्च भइरहेको छ, बुवाको सम्पत्ति नाश भइरहेको छ र आमा हरसमय कष्ट बेहोरिरहनुभएको छ भने १२ वटा बदाम कालो रुमालमा बाँधेर फलामको भाँडोमा अँध्यारो कोठामा राख्नुस् अनि चारवटा काँचा नरिवल नदीमा बगाउनुस्।

मंगलवार रातो रुमाल गोजीमा राख्नुस्। हनुमानजी प्रसन्न हुुनुहुनेछ।