Jagaran Nepal बुधबार, भाद्र ०३, २०७७

हाईट बढ्नु अथवा नबढ्नुमा वंशाणुगत गुणको ठुलो भूमिका हुन्छ। तर पनि त्यस्ता केही उपाय छन् जसले तपाइको बच्चाको हाइट बढाउन निकै सहयोग गर्छ। ति उपायहरू यसप्रकार रहेका छन्।

१ बढ्दै गरेका बालबालिका निद्रा पुग्ने गरी सुतेका छन् कि छैनन्, ध्यान दिनुहोस् । उनीहरूका लागि कम्तीमा पनि १० देखि १२ घन्टा सुत्नु आवश्यक छ। सुत्दा ग्रोथ हर्मोन उत्पादन हुन्छ र वृद्धिलाई सघाउ पुर्‍याउँछ । आराम नगर्दा पनि बच्चाको हाइट ठीकसँग बढ्दैन।

२ बच्चाको खानामा प्रोटिन, आइरन, भिटामिन र क्याल्सियम तत्त्वले भरपूर चिज सामेल गर्नुस् ।

३ बच्चालाई घरबाहिरको खेलमा प्रोत्साहित गर्नुस् । खेलकुदबाट बच्चाको हाइट बढ्न सघाउ पुग्छ । यसका अलावा स्ट्रेचिङ र ह्यांगिङ अभ्यास पनि गराउनुस् । दौडने, साइकल चलाउने र पौडी खेल्ने गर्नाले पनि हाइट बढ्छ ।

४ बालबालिकालाई दैनिक योगा गर्ने बानी बसाउनुस् । हाइट बढाउनका लागि दिनहुँ सूर्य नमस्कार योगा गर्नु राम्रो हुन्छ ।

५ बालबालिकालाई चिया, कफीको बानी पर्न नदिनुस् । यी चिजमा क्याफिन हुन्छन्, जसले उनीहरूको वृद्धिमा असर पर्छ । दैनिक ८ देखि १० गिलास पानी पिउने बानी बसाल्न सिकाउनुस् ।

६ बच्चाको तौल र हाइटबारे जानकारी लिइराख्नुस् । समय–समयमा चिकित्सकलाई देखाउनुस् । यदि बच्चाको विकासमा कुनै समस्या छ भने सुरुमै थाहा पाउँदा नियन्त्रण गर्न सजिलो हुन्छ ।