Jagaran Nepal बुधबार, भाद्र ०३, २०७७

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ ।

जधानी काठमाडौमा कोभिड १९ को संक्रमण बढिरहेका बेला उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको काठमाडौं जिल्ला प्रशासन कार्यालयमा भर्खरै सकिएको बैठकले बुधबार राति १२ बजेबाट लागू हुनेगरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

बैठकपछि महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले यस्तो निर्णय भएको बताए । बैठकको औपचारिक निर्णय सार्वजनिक हुँदैछ ।

अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न पाइने छैन । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी संचालन गर्न पाइने छैन ।

सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिनेछ । मंगलबारमात्रै राजधानीमा २ सय ५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

यो पनि राप्रपाको चुनाव चिन्ह गाई नै हुनुपर्छ – अध्यक्ष थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टीको चुनाव चिन्ह गाई नै हुनुपर्ने बताएका छन् ।गाई चुनाव चिन्हले नै राप्रपाले धेरै मत ल्याएको बताउँदै थापाले चुनाव चिन्ह गाई फेर्न नहुने बताए । उनले भने, ‘गाई चुनाव चिन्हमा राप्रपा कै ईतिहास मै अहिलेसम्मको सर्वाधिक मत परेको छ। अहिले पनि राप्रपाका ९५ प्रतिशत स्थानीय तहका प्रतिनिधि, एक संघीय सांसद र ३ प्रदेशसभा सांसद गाई चिन्हबाट निर्वाचित छन्।’

थापाले भने, ‘गाई तुलनात्मकरूपले अत्यन्त लोकप्रिय चिन्ह हो। २०४७ साल जेठ १५ गते राप्रपा स्थापना हुँदा दुई घटक मध्ये एकको चुनावचिन्ह गाई थियो। फेरि, राप्रपाको मुख्य एजेण्डा हिन्दुराष्ट्र हो। हिन्दुत्वको प्रतिक गाई हो। यस्तो वास्ततिकता थाहा हुँदा हुँदै राप्रपा कै केही साथीहरू चुनावचिन्ह जे भएपनि हुन्छ भन्दै हिंडेको देख्दा दु:ख लाग्छ, चित्त दुख्छ।’

‘चुनाव चिन्ह पार्टी एकीकरण हुँदाको सम्झौता अनुसार ६ महिनाभित्र पार्टीलेको उपयुक्त निकायबाट टुंगो लगाए बमोजिम हुनेछ,’ थापाले भने, ‘यो सहमति हतारमा वा बेहोसी अवस्थामा गरिएको होईन। महिनौंको छलफल, विवाद र बहस पछि गरिएको हो। त्यसर्थ, उक्त सहमतिको सम्मान हुनुपर्छ।’

पार्टीको बृहत्तर हित र एकतालाई अक्षुग्ण राख्न नेतृत्वले समयमा आवश्यक, उपयुक्त र साहसिक निर्णय गर्ने पनि थापाले बताए । उनले भने, ‘कसैले भावुक बनेर पक्ष विपक्षमा वकालत वा मत बनाउनु पर्दैन . आवश्यक छैन । भोलि सहमति र प्रक्रियागत ढंगबाट ‘गाई’ वा ‘हलो’ मध्ये एक निर्णय हुनेनै छ। यो विवादले पार्टी एकता टुट्दैन। ढुक्क भए हुन्छ।’