Jagaran Nepal मंगलबार, भाद्र ०२, २०७७

एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोनाविरुद्धको खोप उत्पादन गरेर सबै नागरिकहरुलाई निःशुल्क प्रदान गर्ने अभिव्यक्ति दिएका छन्। समाचार एजेन्सी एएफपीका अनुसार प्रधानमन्त्रीमोरिसनले स्वीडिस–ब्रिटेन कम्पनी एजेस्ट्राजेनिकासँग सम्झौता गरेका छन् जुन अन्तर्गत उनीहरूले अक्सफोर्डले बनाएको खोप लिन सक्ने छन्। प्रधानमन्त्रीमोरिसनले भने ‘हाल अक्सफोर्ड खोप विश्वमै सब भन्दा उन्नत र भरपर्दो खोप हो। कम्पनीसंग गरेको सम्झौता अन्तर्गत हाम्रा नागरिकहरुको लागि यो खोप सुनिश्चित गरेको छ ।’

यदि खोप प्रभावकारी साबित भए ठूलो मात्रामा उत्पादन गर्ने र २ सय ५० मिलियन अष्ट्रेलियाका नागरिकहरूलाई निःशुल्क वितरण गर्ने जनाइएको छ। अक्सफोर्डमा उत्पादन भ्याक्सिन विश्वका ५ वटा खोपहरू मध्ये एक हो। जुन तेस्रो चरण परीक्षणहरू भइरहेको छ ।यद्यपि खोपको लागत एस्ट्राजेनिकासँग कस्तो हुनेछ र कसले यस मुलुकमा उत्पादन गर्ने ? भन्ने सम्बन्धमा अहिलेसम्म कुनै सहमति हुन नसकेको बताइएको छ।