Jagaran Nepal मंगलबार, भाद्र ०२, २०७७

भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक यातायात यही भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा आज भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिसँग भएको छलफलबाट यस्तो निर्णय गरिएको हो ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमण नेपालमा पनि तीव्र गतिमा बढिरहेको र काठमाडौं उपत्यकालगायत विभिन्न शहरमा दैनिक सयौंँ संक्रमित थपिरहेको तथा भक्तपुरमा पनि संक्रमित बढ्दै गएको देखिएकाल नगरभित्र सञ्चालन हुने छोटो दूरीका सार्वजनिक यातायात भदौ दोस्रो सातासम्मका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख प्रजापतिले जानकारी दिए ।

याे पनि पढ्नुहाेसः आज नेपालमा अहिलेसम्मकै धेरैमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार १६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मंगलबार नेपालमा थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा २८ हजार २ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १०१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गरेर थप १०१६ जनामा कोरोना पुष्टि भएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप ८५ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। यसँगै नेपालमा कोरोना निको हुनेको संख्या १७ हजार ५८० पुगेको छ।