Jagaran Nepal मंगलबार, भाद्र ०२, २०७७

काठमाण्डौ, काठमाण्डौ उपत्यकामा आज थप २०५ जनामा कोरोना पुष्टि भएको छ ।संक्रमित मध्ये काठमाडौं १३८ , भक्तपुर १७ र ललितपुरमा ५० जना रहेका छन् ।

याे पनि पढ्नुहाेसः काठमाडौ सहित उपत्यकाभरी कर्फ्यू लागू गर्ने तयारी
काठमाडौ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा (कर्फ्य) निषेधाज्ञा लागू गर्ने तयारी गरिएको छ । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु उपत्यकामा निषेधाज्ञा (कर्फ्य) गर्ने वा लकडाउन गर्ने भन्ने बारेमा आन्तरिक तयारीमा जुटेका हुन् । आवतजावतलाई कसरी कडाइ गर्ने भन्नेबारे केही दिनदेखि छलफलहरु भइरहेको र आज पनि छलफल हुन लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले गत ३० गते रातिदेखि लागू हुने गरी विभिन्न आदेशहरू दिएका थिए । अत्यावश्यक बाहेकका पसल बन्द गर्न, भिडभाड, जात्रा, सभा, जुलुस, महोत्सव जस्ता गतिविधि नगर्न, सरकारले जारी गरेका स्वास्थ्यका मापदण्ड पालना गर्न आम सर्वसाधारणलाई आग्रह गरिएको थियो ।

तर भीडभाड नरोकिने र कतिपय मानिस स्वास्थ्यका मापदण्ड पालना गर्न आनाकानी गर्ने गर्न थालेपछि थप कडाइ गर्नुपर्ने अवस्था आएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरु गृहमन्त्रालयको निर्देशनको पर्खाइमा रहेको र निर्देशन नआए आफै निर्णय लिने तयारीमा रहेको पाण्डेको भनाई छ ।