Jagaran Nepal मंगलबार, भाद्र ०२, २०७७

काठमाडौंमा दैनिक औसत ८/९ वटाको दरले से क्स टोयको व्यापार हुने गरेको पाइएको छ । नेपालमा पनि टोयको माग बढ्दै गएको छ । देशभर भने नौवटा भन्दा बढी टोयका पसल छन् । स्वचालित पे निसदेखि स्त न, भे जिना मसाजरको सामग्रीलगायतका यौ न सामग्री नेपालमा उपलब्ध छ । काठमाडौंमा पछिल्लो समय फुल बडीको टोय उपलब्ध नभए पनि पोखरामा भने उपलब्ध छ ।

काठमाडौंमा ११ सयदेखि १२–१३ हजार मूल्यसम्मका खेलौना उपलब्ध छन् । नेपालमा क न्डम हाउसले होलसेलमा टोय बिक्री गर्दै आएको छ । हाउसबाटै काठमाडौंबाहिर पनि टोय जाने गरेको छ । नेपालमा चीन, थाइल्यान्ड, जापान, मलेसिया र कोरियाबाट टोय ल्याउने गरिन्छ ।

अनलाइन बिजनेस मेरो सपिङले तीन वर्षदेखि टोयको व्यापार गर्दै आएको छ । मेरो सपिङ पनि पुरुषको तुलनामा महिलाका लागि दोब्बर संख्यामा टोय बिक्री हुने बताउँछ । मेरो सपिङमा भने अत्यधिक मात्रामा टिन एजर्सले टोयको माग गर्ने गर्छन् । तर, उनीहरूले आफ्नो परिचय भने राम्रोसँग नखुलाउने गरेको सञ्चालक बताउँछन् ।

भाइवर, फेसबुक म्यासेन्जरमार्फत पे निस, टाइटेनिङ जेल लगायतका सामग्री मगाउने गर्दछन् । तर, अनलाइनमा यस्ता सामान मगाउनेले आफ्नो नाम सत्य नबताउने मेरो सपिङका सञ्चालक बताउँछन् । नेपालका प्रायः टोय पसलेले होम डेलिभरी नगरे पनि मेरो सपिङको विशेषता भने होम डेलिभरी नै हो ।

व्यवसायी भने टोयको उत्साहप्रद व्यापारचाहिँ नभएको बताउँछन् । तीनदेखि ६ हजार रुपैयाँसम्मको टोय अत्यधिक बिक्री हुने व्यवसायीहरु बताउँछन् ।

यो पनि पढ्नुहोस : बिहान ५ मिनेट लामो श्वास लिने छाड्ने गर्दा हुन्छ यस्ता फाइदा

श्वासप्रश्वास एउटा अनियन्त्रित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नुपर्दैन । तर, राम्रोसँग श्वासप्रश्वास लिएमा यसले स्वास्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवि पनि बनाउँछ । बिहान ५ मिनेट जति लामो श्वास लिने छाड्ने गर्नुपर्छ । यसरी गरिने श्वासप्रश्वास व्यायायमका केही फाइदा यस प्रकार छन्ः

तनाबमुक्त बनाउछः गहिरो श्वासले शरिरमा अक्सिजनको प्रबाह बढाउछ र तनाब, चिन्ता र त्रास घटाउँछ ।

शरिरको बिष फालिदिन्छः श्वासप्रश्वासबाट मानिसको शरिरबाट ७० प्रतिशत भन्दा बढी खराब तत्व निस्कासन गरिदिन्छ ।

दिमागलाई शान्त बनाइदिन्छः अत्यधिक तनाब र चिन्ताले विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ । गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको आपूर्ती बढाउँछ र चिन्ताको मात्रा घट्नुका साथै शरिरलाई आनन्द र प्रफुल्ल बनाउँछ ।

अन्य अंगलाई पनि सहयोगः गहिरो श्वास प्रश्वासको व्यायामले मुटु, पेट, लिभर, साना आन्दालाई मसाज गरिदिन्छ र ती अंगमा रक्तप्रबाह गरिदिन्छ