Jagaran Nepal मंगलबार, भाद्र ०२, २०७७

हाम्री आमा सिन्धुपाल्चोक जिल्ला सुनकोसी गाउँपालिका वडा नं. ४ (साविक यमुनाडाँडा वडा नं. ६ कात्तिके कुल्छी स्थायी घर भएकी ६७ बर्षीय ठूलिमाया तामाङ्ग श्रावण २० गते बिहान ८ बजे हाम्रै घरबाट निस्किनुभएको र अहिलेसम्म कोही आफन्त, चिनजान कसैकामापनि नरहेको थाहा पाएपछि हामी आत्तिएका छौ ।

यसैले कोही हामीसँग सम्पर्कमा नरहनुभएका आफन्त, इष्टमित्र वा जो कोही आमालाई देख्नुहुनेले उहाँको खोट खबर केही भए जानकारी गराईदिनुभए हाम्रो मन शान्ति हुने थियो । अथवा हामीले यहाँ उहाँको फोटो पोष्ट गरेका छौ । कसैले उहाँलाई कही कतै देख्नुभएको छ भने नजिकको प्रहरीसमक्ष जानकारी गराईदिनुहुन हार्दिक अनुरोध गर्दछौ । आमा हराउनुभएको खबरले मन स्तब्ध बनाइको छ । यसैले यो सन्देश र फोटो सर्वत्र सेयर गरिदिनुभयो भने भेटाउन सहयोग मिल्नेछ ।

कतै तपाईको एक सेयरले आमा नजिकै भएको कोही फेसबुक प्रयोगकर्तासम्म यो पोष्ट त पुग्ने थिएन । उहाँले यो पोष्ट देख्नासाथ आमालाई सहयोग गर्नुहुने थियो । कतै हाम्रो आमा अप्ठ्यारोमा त पर्नुभएको छैन । कतै कुनै कष्ट त भएको छैन ? कस्तो दुख पाउँनुभएको होला ? हामीलाई धेरै चिन्ता लागेको छ । आमाले हामीलाई धेरै माया गर्नुहुन्थ्यो । हामीपनि अति नै माया गर्दथ्यौँ । घरमा त्यस्तो कुनै कारण थिएन । जसले आमा सम्पर्क बिहिन बनाउँने केही कुनै कारण भएकै छैन । यसैलेपनि केही भयो की चिन्ता छ । क्रिपया हाम्रो यो चित्कार सुनिदिनुहोला । सक्दो सेयर गरिदिनुहोला ।

*ठूलिमाया तामाङ्गका छोरा–छोरीको तर्फबाट गरिएको अपिल


janaboli बाट साभार