Jagaran Nepal मंगलबार, भाद्र ०२, २०७७

काठमाडाैँ : कोरोना सङ्क्रमण दिन प्रतिदिन भ’यावह ब’न्दै गएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका तीनवटै जिल्लामा पुनः ब’न्दाबन्दी वा नि’षेधाज्ञा जारी गर्ने विषयमा सम्बद्ध अधिकारी छलफलमा जु’टेका छन् ।कोरोना सङ्क्रमणबाट जो’गिन नागरिक आफैँ सचेत र जा’गरुक नहुँदा उपत्यकामा जो’खिम बढेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता सहायक जिल्ला अधिकारी तुल्सीराम पौडेलले ब’न्दाबन्दी वा नि’षेधाज्ञाको विषयमा छलफल भइरहेको जानकारी दिए। याे खबर गोरखापत्र दैनिकमा छ ।

‘‘अहिलेकै अवस्थामा ब’न्दाबन्दी वा नि’षेधाज्ञा जा’री गर्न जरुरी छैन,’’ उहाँले थप्नुभयो, ‘‘मङ्गलबारबाट स’मूह गत हिँ’ड्डुल, सामाजिक तथा भौतिक दूरी कायम राख्ने कार्यमा क’डाइ गरिनेछ । सरकारबाट जा’री स्वास्थ्य तथा सु’रक्षासम्बन्धी मा’पदण्ड अनिवार्य गरिएको छ ।’’सवारी सञ्चालनमा जोर–बिजोर, मास्क र से’निटाइजरको सही प्रयोग, होटल तथा रे’ष्टुराँ, चिया पसल, पार्टी प्यालेस, पसल, सुपरमार्केट, सार्वजनिक स्थानमा सर्वसाधारणको उपस्थिति तथा भी’डभाडलाई यसअघि नै पूर्ण रूपमा नि’षेध गरिएको छ ।

तर उपत्यकावासी मास्कसमेत प्रयोग नगरी सडकमा निस्कने, बिहे, जन्म दिन, धार्मिक चाडपर्वका नाममा आफन्त साथीभाइ जम्मा पारी स’मूह गत भोज भतेर र पार्टी गर्न थालेपछि कोरोना सङ्क्रमणको समस्या थपिएको भनाइ स्थानीय सुरक्षा अधिकारीको छ ।कोरोना महामारी रोकथाम तथा नियन्त्रण प्रतिकार्य योजना अनुसार लागू गरिएको स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड सर्वसाधारणले पालना गरे नगरेको तीनवटै जिल्ला प्रशासन कार्यालयबाट नियमित अनुगमनसमेत हुने गरेको छ ।अनुगमनबाट अधिकांश नागरिकले ला’परबाही तथा हे’लचेक्रयाइँ गरेको पाइएको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले सम्झाइबुझाइ गर्दा पनि अटेर गर्नेका कारण कोरोना फैलिएको बताए ।जोखिमको बेला सडकमा सुरक्षाकर्मी खटाएर नियन्त्रण गर्छु भन्दा पनि सम्भव छैन, शा’न्तिसुरक्षा तथा कोरोना रोकथाम प्रतिकार्य सुरक्षामा ख’टिएका सुरक्षाकर्मी नै सङ्क्रमित बन्दै गएको बेला आमनागरिकले आफ्नो सुरक्षाका लागि घरमै ब’न्दाबन्दी बस्नुबाहेक अन्य विकल्प नभएको उनी बताउँछन् ।उपत्यकामा प्रतिदिन झण्डै १५० जनाको हा’राहारीमा कोरोना सङ्क्रमितको सङ्ख्या थपिँदै गएकाले ब’न्दाबन्दी वा नि’षेधाज्ञा जारी गर्नुपर्ने सुझाव सुरक्षा निकायको छ ।

काठमाडौँ उपत्यकाको नाका तथा टोल ‘सि’ल’ गरेर मात्र नियन्त्रण सम्भव छैन उनले भने, केही दिन आन्तरिक सुरक्षामा क’डाइ गर्नुपर्ने हुन्छ ।काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले सङ्क्रमण देखिएका स्थानीयवासीलाई अति ज’रुरी कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्नुभयो । अटेरका कारण सङ्क्रमण बढेको स्पष्ट पार्दै उनले स्थानीय तहले पनि नि’षेधाज्ञा जा’री गर्न सक्ने बताए ।