Jagaran Nepal मंगलबार, भाद्र ०२, २०७७

तान्त्रिक डा नारायणदत्त श्रीमालीको “सुबोध स्वप्न ज्योतिष”मा कुन सपना देख्दा के फल पाइन्छ भनी उल्लेख गरिएको छ । त्यसमध्ये २० वटाको यहाँ चर्चा गरिएको छ ।

सपनामा १. चामल देख्दा कसैसँगको शत्रुता समाप्त हुन्छ । २. पूजापाठ गरेको देख्दा समस्याको अन्त्य हुन्छ । ३. बच्चा हिँडेको देख्दा कतै फँसेको धन फिर्ता पाइन्छ ।

४. खाटमा सुतेको देख्दा वैभव प्राप्ति हुन्छ । ५. खुल्ला ढोका देख्दा कसैसँग मित्रता हुन्छ । ६. बन्द ढोका देख्दा धनहानि हुन्छ । ७. चश्मा लगाएको देख्दा ज्ञान बढ्छ ।

८. पुरी खाँदा प्रसन्न पार्ने समाचार पाइन्छ । ९. माहुरी देख्दा मित्रहरूसँगको प्रेम बढ्छ । १०. आफू उडेको देख्दा कुनै समस्याबाट छुटकारा पाइन्छ । ११. गहनागुरिया देख्दा कुनै काम पूर्ण हुन्छ ।

१२. लाश देख्दा बिरामी निको हुन्छ । १३. चन्द्रमा देख्दा सम्मान पाइन्छ । १४. रातो फूल देख्दा भाग्य चम्किन्छ । १५. कुकुर देख्दा पुरानो साथीसँग भेट हुन्छ ।

१६. झरना देख्दा दुःखको अन्त्य हुन्छ । १७. इनारमा पानी देख्दा धनलाभ हुन्छ । १८. चन्दन देख्दा शुभ समाचार प्राप्त हुन्छ । १९. तासको पत्ती देख्दा समस्या बढ्छ । २०. औंठी लाएको देख्दा सुन्दर स्त्रीसँग मित्रता हुन्छ ।