Jagaran Nepal मंगलबार, भाद्र ०२, २०७७

लन्डनमा छोराको कपालको स्टाइलले बाबुको जागिर खोसिएको छ । बच्चाहरुलाई विभिन्न फिल्म हेरेर त्यस्तै स्टाइल गर्न चाहन्छन् । तर, छोराको कारण एउटा बाबुको जागिर फुस्किएको हो ।

३७ वर्षिया क्रैग इमानुअल आफ्नो परिवारको साथ लन्डनमा बस्दै आएका थिए । यीनले आफ्नो छोराको कपाल नयाँ स्टाइलको साथ काटेर स्कुल पुर्याएर गएका थिए । तर, स्कुल प्रशासनले उनको छोरा मैकेनजीको कपालको स्टाइल अनुचित ठहर गदै अन्य बच्चाको पनि ध्यान जाने हुँदा उनलाई घर पठाइदिए ।

स्कुल प्रशासनले त्यो बच्चाको कपाल पहिलाको जस्तो नभएसम्म आउन बन्द गराएको थिए । स्कुलको उक्त आदेशले बाबु आमालाई निकै मुस्किल परेको थियो । आफ्नो बच्चाको साथमा बसेर उसको ध्यान राख्नुपर्ने हुनाले बाबुको जागीर छुटेको बताइएको छ ।

मैंकनजी लन्डनमा हुने एथलेटिक अंडर सेवन स्काँव्डको लागि फुटबल खेल्ने गरेका थिए । अर्सेनल टैलेन्ट स्काउटमा आफ्नो टिमको साथ जान कपालको स्टाइल परिवर्तन गरिएको उनकी आमा लुईसले जनाएकी छिन् । तर स्कुलले आपत्ति जनाएको थियो ।